दीपक श्रेष्ठ क्यानाडा, दीपक विष्ट अमेरिका प्रस्थान

11 August, 2017 14:18 | खेल | comments | 11700 Views

नेपाली करातेका सफल खेलाडी तथा दक्षिण एसियाली खेलकुद (साग)का दुई स्वर्ण विजेता दीपक श्रेष्ठ कराते कोचेज तथा म्यानेजमेन्ट सेमिनारमा सहभागी हुन बिहीबार क्यानाडाको ओटावा प्रस्थान गरेका छन्।

सेमिनार अगष्ट १८ देखि २२ तारिखसम्म सञ्चालन हुनेछ। सेमिनार सकाएपछि श्रेष्ठ अमेरिकाको न्युयोर्क जाने छन्। त्यहाँ श्रेष्ठ नेप्लिज स्पोर्ट्स एन्ड कल्चरल डेभलोप्मेन्ट कमिटीले आयोजना गर्ने अन्तरक्रियामा सहभागी हुनेछन्। अन्तरक्रियामा नेपाली खेलकुदको विकासका विषयमा छलफल हुने बताइएको छ।

त्यस्तै नेपालकै सर्वाधिक सफल खेलाडी सागका कीर्तिमानी ४ स्वर्ण विजेता र एसियाली खेलकुदका २ कास्य विजेता तेक्वान्दोका दीपक विष्ट युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युयुएनटीएफ)को बैठकमा सहभागी हुन शुक्रबार अमेरिकाको पोर्टल्यान्ड जाँदैछन्। बैठक अगष्ट १४ तारिखमा हुनेछ। त्यसपछि विष्ट पनि न्युयोर्कमा श्रेष्ठ सहभागी हुने कार्यक्रममा सहभागी हुनेछन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले दुवैलाई सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बिदाइ गरे।

एक तह, एक खेलकुद मैदान निर्माणमा तीव्रता : मन्त्री केसी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More