दुईवटा ठूला कम्युनिष्ट पार्टी हुनुभन्दा एउटै हुनु कांग्रेसका लागि राम्रो : देउवा

25 May, 2018 21:51 | राजनीति | comments | 21900 Views

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा दुईवटा ठूला कम्युनिष्ट पार्टी हुनुभन्दा एउटै हुनु कांग्रेसका लागि राम्रो भएको प्रतिक्रिया दिनुभएको छ ।

शुक्रबार नेपाल सांस्कृतिक संघले कांग्रेस पार्टी कार्यालय सानेपामा गरेको कार्यक्रममा सभापति देउवाले सो कुरा बताउँदै कम्युनिष्ट पार्टीहरुको एकीकरणलाई कांग्रेसले अवसरको रुपमा लिनुपर्ने समेत बताउनुभयो ।

adsads

पूर्व प्रधानमन्त्री समेत रहनुभएका देउवाले दुई कम्युनिष्ट पार्टी एकीकरण भइसकेको छ । यसलाई हामीले चुनौतीका साथसाथै अवसरको रुपमा लिनुपर्छ, एउटा पार्टी हुनु राम्रो हो अब नेपाली कांग्रेस अल्टरनेटिभमा रहनेछ, हाम्रा कमजोरी हटाएर एकवद्ध भएर अघि बढ्नुपर्छ भन्नुभयो ।

सभापति देउवाले अहिले कांग्रेसले चुनाव हार्‍यो भनेर आत्तिनुपर्ने अवस्था नभएको भन्दै अबको पाँच वर्ष हारलाई विजयमा परिणत गर्नुपर्ने सुझाव दिंदै अबको पाँच वर्षभित्र काम गरेर हारलाई विजयमा परिणत गर्न लाग्नुपर्छ भन्नुभो ।

त्यस क्रममा उहाँले अहिले पार्टीमा अनुशासन भन्ने नै नरहेको आरोप लगाउँदै अन्तरघातको रोग रहेसम्म चुनाव जित्न नसकिने पनि बताउनुभयो ।

काँग्रेसले नेपाली अर्थतन्त्रलाई बिगारेको होइन

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

रक्षामन्त्री ईश्वर पोखरेल

फेसबुक

रक्षामन्त्री ईश्वर पोखरेल

ट्वीटर

सामाजिक सञ्जाल

More