दुई करोड ६० लाखका नक्कली नोटसहित छजना पक्राउ

16 May, 2018 21:12 | जन सरोकार | comments | 27750 Views

पक्राउ

उपत्यकामा नक्कली नोटको विगविगी रहेको चर्चाकाबीच प्रहरीले दुई करोड ६० लाख ८६ हजार नक्कली नेपाली नोटसहित छजनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले तीन दिनभित्र सो परिमाणको नोटसहित छ जनालाई पक्राउ गरेको हो ।

adsads
पक्राउ पर्नेमा महेन्द्र बोगटी, सुजित तामाङ, सुजन तामाङलगायत रहेका महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ ।

परिसर अन्तगरतको प्रहरी प्रभाग, नयाँ बसपार्कको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी सूत्रका अनुसार नक्कली नोट छाप्ने कारखाना बागबजारमै भेटिएको छ ।

यी नोटहरु काठमाडौं उपत्यकाको गोंगबु, धापाखेल र बागबजारबाट बरामद गरिएको हो । गोंगबुबाट सोमबार, धापाखेलबाट मंगलबार र बागबजारबाट बुधबार बरामद गरिएको हो ।

यस्ता नक्कली नोट उनीहरुले होटल, रेष्टुरेन्टको बिल तिर्ने, यौनकर्मीलाई दिने, जुवा खेल्ने, लागू औषध किन्नमा प्रयोग गर्ने गरेका थिए ।

राजधानीमा छ्यापछ्याप्ती नक्कली नोट

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!