दुबईमा नेपालीको इमान्दारीता : एक लाख १८ हजार डलर फिर्ता गरेपछि सम्मानित

23 May, 2018 20:51 | प्रबास | comments | 25500 Views

नेपालीहरु जति मेहेनति छन् त्यति नै इमान्दार छन् भन्ने प्रमाण एक होइन अनेक छन् । यस्तै अर्को एउटा प्रमाण दुबईमा कार्यरत एक नेपाली युवाले दिएका छन् ।

adsads
उनले भेट्टाएको एक लाख १८ हजार डलर फिर्ता गरिदिएका छन् ।

समाचार अनुसार दुबईको एक कफी सपमा कार्यरत झापाका मिरन कार्कीले ग्राहकले छाडेको १ लाख १८ हजार अमेरिकी डलर फिर्ता गरेपछि उनको प्रशंसा भएको छ । कार्कीले कफीसपमा ग्राहकले छाडेको १ लाख १८ हजार डलर (करिब १ करोड २८ लाख नेपाली रुपैयाँ) सहितको झोला दुबई पुलिसलाई बुझाएका हुन् ।

उक्त झोलामा नगदसहित केही राहदानी, परिचयपत्र र बैंकका कार्डहरु थिए । दुबईको मल अफ इमिरेट्सको भुइँतलामा रहेको कफी सपमा ग्राहकले नगदसहितको झोला भेटेपछि मिरनले तत्कालै सुरक्षाकर्मी र म्यानेजरलाई जानकारी दिएका थिए ।

त्यसपछि उनीहरुले दुबई पुलिसलाई खबर गरेका थिए । प्रहरीले उक्त झोला पर्यटक भिसामा आएका ब्यक्तिले छाडेको बताएको छ । दुबई पुलिसले मिरनको इमान्दारिताको सम्मान गर्दै प्रमाणपत्र प्रदान गरेको छ ।

राजभण्डारीलाई दुबईमा अन्तर्राष्ट्रिय उपाधी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

गुप्तेश्वर गुफा भित्रबाट देखिएको डेभिडफल्स

फेसबुक

गुप्तेश्वर गुफा भित्रबाट देखिएको डेभिडफल्स

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!