दुबईमा ४० तलाबाट खस्दा लमजुङका एक युवकको मृत्यु

12 September, 2017 17:46 | प्रबास | comments | 14400 Views

 

दुबईको अबुधावी स्थित एक कम्पनीमा कार्यरत लमजुङका टुकप्रसाद गुरुङको  ४० तलाबाट खसेर मृत्यु भएको छ ।

बेसी सहर नगरपालिका वडा नं. १०, बाँझखेत सिरुवारीका २९ वर्षीय गुरुङको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
दुवईमा कार्यरत स्थानीयका अनुसार २ सय मिटर अग्लो ठाउँबाट खसेर उनको निधन भएको हो ।त्यहाँको समय अनुसार गुरुङको आइतबार बिहान सवा ८ बजेतिर निधन भएको हो ।

अबुधावीको मेगार्मी कम्पनीमा ११ महिनायता काम गर्दै आएका उनको निधनले नेपाली कामदार शोकमा डुबेको कम्पनीमा कार्यरत एक स्थानीयले बताए।  गुरुङ डोरीमा झुण्डिएर पेन्टिङ को काम गर्दै आएका थिए  । उनको शव अस्पतालमा राखिएको बताइएको छ ।

उनको बुबाआमा, पत्नी, एकछोरी र एकछोरा छन् ।गाउँकै दाजुभाइ तथा कम्पनीमा कार्यरत नेपालीले शव गाउँ पठाउने तयारी थालेको खबर प्राप्त भएको छ ।

अध्ययनका लागि रकम जुटाउन भारत गएका युवकको मृत्यु

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More