दुर्घटनामा परि दुई जनाको मृत्यु

13 February, 2018 21:12 | जन सरोकार | comments | 59700 Views

सोमबार र मंगलबार रुपन्देहीमा भएका दुई दुर्घटनामा २ जनाको मृत्यु भएको छ । मायादेवी गाउँपालिका–४ गुण्डीस्थित हुलाकी सडकखण्डमा सोमबार लु.७प ३६०६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खस्दा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक शुद्धोदन गाँउपालिका–५ मानमटेरीया बस्ने २५ बर्षीय विनोद कहारको मृत्यु भएको हो । मोटरसाइकलमा पछाडी सवार सोही ठाउँ बस्ने ३२ बर्षीय शम्भु मल्लाह घाइते भएका छन् ।

यसैगरी बुटवल उपमहानगरपालिका–१२ स्थित महेन्द्र राजमार्गमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । लु.१ख ७७६५ नम्बरको ट्रकमा लु.३६प १२४२ नम्बरको स्कुटर ठोक्किदाँ स्कुटर चालक सैनामैना–४ मुर्गिया बस्ने ४२ बर्षीय जोक बहादुर क्षेत्री र मोटरसाइकल पछाडी सवार तिलोत्तमा नगरपालिका–११ बस्ने १७ बर्षीय संजिव पोख्रेल घाईते भएकोले उपचारको लागि लुम्बिनी अंचल अस्पताल बुटवल पठाईएकोमा संजिव पोख्रेलको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

जलविरे झरना

फेसबुक

जलविरे झरना

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!