जापान जापान

  • जापान
  • जापान

दूतावासद्वारा एनआरएनएका केन्द्रीय र जापानका पदाधिकारीहरुलाई सम्मान(भिडियो सहित)

20 November, 2017 16:16 | जापान | comments | 36150 Views

जापान

नेपाली दूतावास टोकियोले गैरआवासीय नेपाली संघ (एनआरएनए)का नव-निर्वाचित केन्द्रीय र एनआरएनए जापानका पदाधिकारीहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

टोकीयोमा आयोजित एक भब्य कार्यक्रमकाबीच नेपाली दूतावास टोकियोले सम्मान गरेको हो । सम्मान हुनेहरुमा जापानमा उपलब्ध केन्द्रिय अध्यक्ष भवन भट्ट, प्रवक्ता भुषण घिमिरे, एसिया प्यासिफिक क्षेत्रीय संयोजक किरण बिक्रम थापा एनआरएनए युवा संयोजक सुदन थापा, आइसिसी सदस्यहरु कपिलदेब थापा, डिलाराम खरेल, दिनेश गुरुङ, केशर गिरी लगायत छन् ।

यसै गरि एनआरएनए जापानका अध्यक्ष टासी वा. लामा लगायतको टिम समेत सम्मानित भएका छन् । नेपाली राजदूत प्रतिभा राणाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा राजदूत राणाले उनीहरुलाई दोसल्ला सहित खादा लगाएर कार्यकालको शुभकामना ब्यक्त गर्दै नेपाल र नेपालीको शिर उच्चो राख्न सबैसंग समन्वयन र हातेमालो गर्दै अगाडी बढ्न आग्रह गरिन् ।

सो अवसरमा एनआरएनए अध्यक्ष भवन भट्टले नेपालको विकासको कार्यमा सहयोग रहने भन्दै प्रवासी नेपालीको हक हितमा काम गर्ने बताए । साथै उनले राजदूतावासलाई धन्यवाद दिंदै उज्यालो नेपाल अभियानमा सहयोग गर्ने सबै जापानवासीमा अनुरोध गरे । त्यस्तै कार्यक्रममा एनआरएन जापानका अध्यक्ष टासी वाङदी लामाले सबैको सहयोगमा नेपालीको लागि एनआरएनएलाई हाम्रो संस्था बनाउन कोसिस गरिने बताए । रात्रिभोज सहितको कार्यक्रममा उपनियोग प्रमुख कृष्ण चन्द्र अर्यालले स्वागत मतब्य तथा तृतीय सचिव रेवन्त केसीले कार्यक्रम संचालन गरेका थिए ।

जापान

कार्यक्रममा जापानमा रहेका संघसंस्था, राजनीतिक संगठनका प्रतिनिधि बिद्यार्थी, कलाकार पत्रकार डाक्टर लगयातका ब्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

भिडियो –

एनआरएनएका पदाधिकारी जापानमा सम्मानित, पन्चे बाजाले गरियो स्वागत (भिडियो)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

बाना

फेसबुक

बाना

ट्वीटर

सामाजिक सञ्जाल

More