दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुनः दिगम्बर

20 November, 2017 21:22 | कर्पोरेट/पर्यटन | comments | 47850 Views

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुनः दिगम्बर झा नियुक्त भएका छन् । यस अघिको कार्यकाल पनि झाले नै सम्हालेका थिए ।

अब पुनः ५ वर्षका लागि झाले प्राधिरकणको नेतृत्व सम्हाल्ने छन् । मंसिर १८ गते कार्यकाल सकेर विदा बस्ने तयारी गरिरहेका झालाई फेरि नियुक्त दिने निर्णय मन्त्रिपरिषद बैठकले गरेको हो ।

सूचना तथा सञ्चार मन्त्रालयले एक समिति बनाएर झाको कामको मूल्यांकन गरेको थियो । उनको कार्य मूल्यांकन गरेर पुनःनियुक्ती गर्ने वा नयाँ विज्ञापन गर्ने भन्नेबारे अध्ययन गर्ने गरी मन्त्रिपरिषद्ले नै एउटा कार्यदल बनाउने निर्णय गरेको हो ।

कार्यदलले झाको काम सन्तोषजनक भएको प्रतिवेदन दिएपछि त्यसैका आधामा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले झालाई पुनः नियुक्ती दिने प्रस्ताव मन्त्रिपरिषदमा लगेका थिए ।

यो पनि पढ्नुहोस्

खम्बामा टाँगिएका अव्यवस्थित तार काटियो

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

एमाले र माओवादीबीच पार्टी एकता हुने खतरा बढ्यो त हँ !

फेसबुक

एमाले र माओवादीबीच पार्टी एकता हुने खतरा बढ्यो त हँ !

ट्वीटर

सामाजिक सञ्जाल

More