देउवा कोइराला पक्षधर सिध्याउने खेलमा लागे : राजेश अधिकारी (भिडियो)

7 November, 2017 16:00 | अन्तरवार्ता | comments | 29850 Views

नेपालको सबभन्दा पुरानो र ठूलो राजनीतिक दल हो नेपाली कांग्रेस । राणाशासनको अन्त्यदेखि आजसम्म भएका सबै आन्दोलनहरुको अगुवाई गरेको कांग्रेस अहिले आपसी बेमेलको शिकार भएको छ । नेतृत्वमा रहेकाहरुको गटगत स्वार्थले गर्दा यो पार्टीका नेता, कार्यकर्ताहरु भित्रभित्रै जलिरहेका छन् । यसरी जलिरहेका एक नेता हुन् राजेश अधिकारी ।

काठमाडौं क्षेत्र नं ५ स्थायी बासिन्दा अधिकारी मंसिर २१ गते हुने प्रतिनिसभा निर्वाचनमा क्षेत्रका १५ वटै समितिबाट उम्मेदवारका लागि सिफारिश गरिए पनि अन्ततः उनको ठाउँमा नुवाकोटबाट राजनीति गरिरहेका डा. प्रकाशशरण महतलाई उम्मेदवार बनाइयो । यो काम पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाबाट भएपछि अधिकारी रुष्ट छन् । पार्टीभित्र कोइराला खेमालाई पूरै सिध्याउने खेलमा सभापति देउवा लागिपरेको आरोप लगाउने अधिकारीले आफूजस्ता युवाहरु अब पार्टी शुद्धिकरणका लागि दवाव सिर्जना गर्ने बताउँछन् ।

एनआईटीभी मिडियाका लागि नेपाल जापान डटकमका सम्पादक यादब देवकोटाले अधिकारीसंग गर्नुभएको कुराकानीको सारसंक्षेप यस्तो छ-

० कसरी सिध्याउन लागियो त कोइराला पक्षलाई ?
जतिबेला नेपाली कांग्रेस फुटेर प्रजातान्त्रिक कांग्रेस बन्यो त्यतिबला गिरिजाप्रसाद कोइरालालाई मैले मेरो घरमा राख्दा क्षेत्रपाटीमा किन बिराटनगरको मान्छेलाई घरमा राखिस भनेर आरोप खेपेकै हो । आज विडम्बना शेरबहादुर दाइबाट मेरो क्षेत्रमा प्यारासुटबाट मेरो छातीमाथि उम्मेदवार खसालियो । यो प्रश्न आम कार्यकतामा छ । यस विषयमा कुराकानी भैरहेको छ ।

० अब के गर्नुहुन्छ त ? चुनाव जिताउन लाग्ने कि तटस्थ बस्ने
पार्टीले उम्मेदवार बनाइसकेपछि नेपाली कांग्रेसका इमान्दार कार्यकर्ताको नाताले विजयी गराउन लागिपर्ने नै हो । तर, जुन ढंगले उम्मेदवारी दिइयो यसले चाहिं समस्या सिर्जना गरेको छ । प्रदेशहरुमा पनि धन, डन र गन भएकाहरुलाई अघि सार्ने काम गरियो । यसले गर्दा आमा कार्यकर्ताको मानसिकतामा गम्भीर प्रश्न उठेको छ । जे जस्तो भए पनि असन्तुष्टिकाबीच कांग्रेसको विकल्प छैन । मुलुक रुपान्तरण कांग्रेसबाटै हुन्छ भन्ने मान्यता कायम छ ।

० उम्मेदवारका लागि कार्यकर्ताले सिफाशिर गरे, तर पाउनुभएन । बागी पनि बन्नुभएन । यस्तोमा तपाईका समर्थकहरुको मनस्थिति बदलिन सक्छ नि ?
बागी उम्मेदवारी दिनु मात्रै विद्रोह हैन, साँचो कुरा आम जनमानस र संचार माध्यममा बोल्नु पनि विद्रोह नै हो । हो, यसबाट मेरा मतदाता, शुभचिन्तकहरु भने अलमलमा छन् । हो, हामीले लड्ने भनेको कांग्रेसले अहिले अंगालिरहेको पद्धति र संस्कार परिवर्तन हुनु आवश्यक छ ।

हामीले अहिले गरिराखेको एक किमिसको विद्रोह नै हो । बागी उम्मेदवार बनेर मात्र विद्रोह हुँदैन । नेतृत्वले गरेका गलत काम र आचरणमाथि खबरदारी गर्ने हो । यो पनि एक किसिमको विद्रोह हो ।

०  कार्यकर्ताको भावना नसुन्ने नेतृत्वले मुलुको लोकतन्त्र कसरी सुदृढ गराउँछ ?
यसका लागि हामी प्रयन्तशील नै रहने छौं र रहेका छौं । यसका लागि समाजलाई साक्षी राखेर, अग्रजहरुले जुन मार्गनिर्देश गर्नुहुन्छ, त्यसका सल्लाह लिएर आउने पिढीलाई त्यही ढंगको आशाको किरण जगाउनै पर्छ । कांग्रेसभित्र शुद्धीकरणा आवश्यक छ । यो अभियानमा हामी निरन्तर लागिपर्ने छौं ।

०  टिकट वितरणमा भ्रष्टाचार भएकै हो ?
हो, टिकट वितणमा भ्रष्टाचार भएको नेताहरुले नै भनिरहेका छन् । जिल्ला जिल्लाका योग्य र त्याग गरेका साथीहरु बञ्चित भएका छन् । शहीदका छोराछोरीको अपमान गरिएको छ । अझ कतिसम्म भने गिरिजाप्रसाद कोइरालाको नजिक रहेकाहरुलाई छानिछानी सिध्याउने काम भएको छ ।

हेरौं अधिकारीसंग गरिएको भिडियो कुराकानीको पूर्ण पाठ

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More