देबी घर्ती र जीतन भाइको गीत “लैदे खबर चरी” बजारमा

14 November, 2017 18:31 | कला/मनोरन्जन | comments | 8550 Views

प्रदेशी र घरदेशी को कथामा आधारित हृदय बिदारक कारूणिक मर्म स्पर्शी गीत लैदे खबर चरी चर्चित गायीका देबी घर्ती मगर र जीतन भाईको प्रस्तुतिमा बजारमा आएको छ ।

मौलिकतामा कलम चलाउन रमाउने उनै कुशल सर्जक तथा गायक खेम पुनको शब्द संगितमा तयार भएको उक्त गीतमा बहुचर्चित गायिका देबी घर्ती मगर र गायक जीतन भाइको आवाज रहेको छ ।

शब्द र संगीतको भावमा डुबेर गीतको मर्म नमर्ने गरी संगीतको संयोजन बिनोद बाजुरालीले गरेका छन् । छायांकार दुर्गा पौडेलले निर्देशन गरेको यो गीतमा चर्चित मोडेल द्वय रन्जिता गुरुंग र महेन्द्र गौतमको अभिनयले गीतलाई पुर्णता दिएको छ ।

आशिस म्यूजिक प्रा.लि मार्फत बजारमा आएको जुन गीत म्यूजिक नेपालको यूट्यूब च्यानल बाट प्रकाशन भएको छ । कोरियालाई आफ्नो कर्मभूमि बनाएर बसेका गायक जीतन भाइले यस अघी आधा दर्जन बढी गीत बजारमा पस्किसकेका छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More