Sunday 26, March 2017
नेपाली समय: 01:01:54
जापानी समय: 04:16:54

देशकै सबैभन्दा ठूलो लगानी : होङ्सी शिवम् सिमेन्ट

15 March, 2017

cement

नेपालको औद्योगिक क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो लगानीमा नवलपरासीको बेणीमनीपुरमा स्थापित सिमेन्ट उद्योग सञ्चालनमा ल्याउने तयारी भएको छ ।

चिनियाँ र नेपाली लगानीकर्ताले रु ५२ अर्ब लगानीमा स्थापना भएको होङ्सी शिवम् सिमेन्ट उद्योग स्थापनाका लागि भौतिक पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइएको छ । नेपालको शिवम् सिमेन्टसँगको संयुक्त लगानीमा स्थापना गर्न लागिएको उक्त उद्योगमा करिब रु ३६ अर्ब लगानी चीनको होङ्सी सिमेन्ट उद्योगको रहेको छ ।

उद्योगले दैनिक १२ हजार टन सिमेन्ट र क्लिङकर उत्पादन गर्ने लक्ष्य राखेको छ । सो उद्योगबाट करिब दुई हजार व्यक्तिले रोजगारी पाउने छन् । उद्योगले एक सय १५ बिघा जग्गा खरिद गरेर गत वैशाखबाट भौतिक पूर्वाधार निमार्णको काम थालेको हो ।

थप एक सय ५० बिघा जग्गा खरिद प्रक्रिया अघि बढाएको उद्योगले जनाएको छ । उदोगले ओपीसी (ढलानमा प्रयोग हुने सिमेन्ट) र पीपीसी (प्लास्टर र गारोमा प्रयोग हुने) सिमेन्ट उत्पादन गर्ने छ ।

Loading...
ads ads adsadsads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo