देश विकास हुन न्याय बलियो हुनुपर्छ : प्रधानन्यायाधीश पराजुली

18 October, 2017 19:32 | राजनीति | comments | 64500 Views

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले देश विकासको आधार न्याय पनि भएकाले न्याय बलियो भए मात्र विकासले गति लिने बताउनुभएको छ ।

बुधबार रोल्पा जिल्ला अदालतको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानन्यायाधीश पराजुलीले जहाँका जनताले कानूनको पालना गर्दछन्, त्यहाँको समुदाय समृद्ध हुने विचार व्यक्त गर्नुभयो ।

आफू न्यायालयलाई आधुनिकीकरण गर्न लागिपरेको बताउँदै उहाँले ‘स्मार्ट जुडिसरी’का लागिसमेत पहल भइरहेको बताउनुभयो । जनतालाई छिटोछरितो न्याय दिन आधुनिक प्रविधिसँग न्यायालयलाई जोड्नुपर्ने उहाँको भनाइ थियो ।

रु तीन करोड ४७ लाखको लागतमा निर्मित सो भवन चारतला रहेको रोल्पा जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठले जानकारी दिनुभयो । १६ कोठे सो भवन २०६९ सालमा शिलान्यास गरिएको थियो ।

दुई वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता गरिएको सो भवन निर्माण व्यवसायीले समयमै कार्य सम्पन्न गर्न नसक्दा तीनपटक म्याद थप गरी साढे पाँच वर्षपछि निर्माण सम्पन्न गरी गत फागुनमा हस्तान्तरण गरेको रोल्पा जिल्ला अदालतले जनाएको छ ।

उद्घाटन कार्यक्रममा न्याय परिषद्का सदस्यद्वय पदम वैदिक र रामप्रसाद सिटौला, सर्वोच्च अदालतका मुख्य रजिस्टार नहकुल सुवेदीलगायतको आतिथ्यता रहको थियो ।

मुस्कानसहितको न्याय दिनुपर्छ : प्रधानन्याधीश

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More