देश समृद्धिको दिशामा अघि बढ्योः दाहाल

13 December, 2017 23:32 | राजनीति | comments | 18900 Views

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देश समृद्धिको दिशामा अघि बढेको बताएका छन् । माडीको बरुवामा आयोजित विजयी सभालाई सम्बोधन गर्दै उनले निर्वाचनको समयमा वाम गठबन्धनको पक्षमा देखिएको जनलहर समृद्धि, सुशासन र एकताका लागि भएको बताएका छन् ।

देश र जनतालाई अहिले विकासको आबश्यकता छ भन्दै उनले जनतामाझ आफूले गरेका प्रतिबद्धता पुरा गरिछाड्ने बताए ।

आफूले निर्वाचनको समयमा माडीलाई मणि बनाउने सपना देखेको बताउँदै अब त्यो सपना साकार हुने प्रतिबद्धता व्यक्त गरे ।

माडीमा रिङरोड निर्माण गर्ने, पर्यटकीय केन्द्र बनाउने, चितवन र माडीको विकासका लागि सधै प्रतिबद्ध रहने, कृषि, पर्यटन र पूर्वाधार विकासका दृष्टिकोणले जनताले अनुभूति गर्ने गरी काम गर्ने अध्यक्ष प्रचण्डले उल्लेख गरे ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

खुकुरी

फेसबुक

खुकुरी

ट्वीटर

सामाजिक सञ्जाल

More