दोस्रो चरणमा सुरक्षा रणनीति परिमार्जन गरिने

2 December, 2017 17:40 | जन सरोकार , प्रदेश/प्रतिनिधिसभा निर्वाचन | comments | 89850 Views

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्‍न गर्न सुरक्षा निकायहरूले हरसम्भव सबै उपाय अवलम्बन गर्ने र सुरक्षा रणनीति तथा कार्यनीतिमा आवश्यकताअनुसार परिमार्जन गरी अघि बढ्ने निष्कर्ष निकालेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले बैठकमा निर्वाचनमा शान्ति सुरक्षालाई सुदृढ बनाउन, मतदातालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन, मतदान केन्द्रित सुरक्षालाई चुस्त बनाउन र मतपेटिका ढुवानीमा सजगता अपनाउन सुरक्षा निकायहरूले विशेष जोड दिनुपर्ने बताए ।

निर्वाचन आयुक्त इला शर्माले निर्वाचनमा सुरक्षा प्रबन्धलाई बलियो बनाउनेतर्फ सुरक्षा निकायहरूको ध्यान केन्द्रित हुनु पर्ने बताए। समितिका संयोजक एवं निर्वाचन आयुक्त सुधीरकुमार शाहले निर्वाचनमा चुस्त, प्रभावकारी र परिणाममूलक सुरक्षा प्रबन्ध मिलाउन समन्वयका साथ कार्य गर्न चारवटै सुरक्षा निकायहरूलाई निर्देशन दिए । बैठकमा गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले निर्वाचनमा आम मतदाताले भयमुक्त भएर भोट हाल्ने वातावरण सुनिश्चित गर्न नेपाली सेनासहित चारवटै सुरक्षा निकायहरु परिचालित भएको बताए।

यस्तै आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्याल, रक्षा मन्त्रालयका निमित्त सचिव उत्तमप्रसाद नागिला, नेपाली सेनाका उपरथी शरद गिरी, नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलीप रेग्मी सहभागी थिए।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मतदाताले तीनवटा मतपत्रमा मतदान गर्नुपर्छ

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!