‘द म्यान फ्रम काठमाण्डौ’ को छायांकन हुँदै

23 November, 2017 18:06 | कला/मनोरन्जन , कलिउड | comments | 22800 Views

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को हाल नक्साल स्थित बाल मन्दिरमा छायांकन भइरहेको छ ।

काठमाण्डौका विभिन्न स्थानमा छायांकन हुने फिल्मको मुख्य भूमिकामा अमेरिकाका जोश म्यानुल छन भने नेपाली नायिका आना शर्मा उनको अपोजिटमा देखिँदैछिन् । फिल्ममा बलिउडका चर्चित खलनायक गुलशन ग्रोवरले खलनायकको भूमिका निर्वाहा गरेका छन् ।

एक्सन प्रधान फिल्ममा हलिउडका कलाकारहरुसँगै नीर शाह, कर्म, शिशिर बागदेल, स्वरुप पूरुष ढकाल, आमिर गौतम, प्रभात रिमाल लगायतका नेपाली कलाकारहरुको पनि अभिनय रहेको बताइएको छ ।

नेपालको ट्राइसिटी पिक्चरबाट अंग्रेजी भाषामा उत्पादन हुने यो फिल्मका निर्देशक अमेरिकाका पेम्बा ढुण्डुप हुन् । ग्रोवर केही समय अघि काठमाण्डौ आएका थिए भने हाल स्वदेश फर्किसकेका छन् ।स्रोतका अनुसार फिल्म काठमाण्डौका विभिन्न स्थान र भक्तपुर गरी झण्डै ५० दिन छायांकन हुनेछ ।

बलिउड अभिनेता गुल्सन ग्रोबर काठमाण्डौमा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More