“धन हुनेलाई मन नहुने, मन हुनेको धन” सार्वजनिक (भिडियो)

24 June, 2018 17:08 | कला/मनोरन्जन | comments | 15900 Views

गीतकार केशव विश्वकर्माको गीत “धन हुनेलाई मन नहुने, मन हुनेको धन” को भिडियो सार्वजनिक भएको छ  । गीतकार विश्वकर्मा “धन हुनेलाई मन नहुने मन हुनेको धन”बोलको गीत लिएर दर्शक स्रोता माझ आएका हुन् ।

adsads

सार्वजनिक गीतमा बाल गायक शुरशाला आईडल यायुश केसी र बाल गायिका जिग्मी शेर्पाकोआवाज रहेको छ ।उक्त गीतमा गायक तथा संगीतकार प्रदिप लामाको संगीत रहेको छ भने, गायक  तथा संगीतकार पुस्कर सुनुवारको संगीत संयोजन रहेको छ ।  गीतको भिडियोलाइ गीतकार स्वयमले निर्देशन गरेका हुन् ।

धन हुनेको मन नहुने यथार्थ परक कथालाई यस गीतले चित्रण गरेको छ ।  गीतको भिडियोमा बरीष्ठ कलाकार रामचन्द्र अधिकारी र बाल कलाकार जेनिशा बुढा मगरको अभिनय रहेको छ । गीतको भिडियोमा पुस्कर सुनुवार ,बाल कलाकार जेनिशा बुढा मगर , एलिशा बजगाईं, शिसम न्यौपाने ,सुवाश तिमल्सिना ,लगायतका कलाकारहरुको दमदार अभिनय रहेको छ ।

त्यसैगरी गीतको भिडियोमा मुकेश हुमागाईं को छायांकन मोहन सुनुवारको सम्पादन रहेको छ ।  उक्त गीतको भिडियोलाई मेलोडी नेपाल प्रोडक्सनले बजारमा ल्याएको हो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...
फाइनल
क्रोयसिया Vs फ्रान्स
जुलाई १५, ८:४५ PM

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More