धरानमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सब, नेपालसहित १६ देशका ४८ फिल्म प्रदर्शन

11 January, 2017 15:23 | कला/मनोरन्जन , कलिउड | comments | 1 Views

अखिल नेपाल चलचित्रकर्मी संघको आयोजनामा आज (पुस २७) देखि माघ २ गते (११ देखि १५ जनवरी)सम्म धरानमा ‘अन्तर्राष्ट्रिय चलचित्र महोत्सब नेपाल–२०१७’ हुन लागेको छ ।

dharan-film

सम्माननीय प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले महोत्सवको आजै उद्घाटन गर्ने कार्यक्रम पनि छ । महोत्सबको उद्घाटन विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रेक्षालयमा हुनेछ भने महोत्सवका चलचित्र प्रदर्शन सभागृहको प्रेक्षालयमा पाँच दिनसम्म चल्नेछ ।

महोत्सबको मुख्य उदेश्य मौलिक, सार्थक, यथार्थपरक र कलात्मक फिल्मलाई प्रवर्धन गर्ने र यस्ता चलचित्रलाई मुलधारका चलचित्रसँग जोडेर अघि बढाउनु रहेको छ ।

महोत्सवका लागि २२ देशका लामा चलचित्र, बृत्तचित्र, कार्टुन चलचित्र, छोटा चलचित्र गरी २ सय १ ओटा सिनेमा प्राप्त भए । जसमध्य १६ देखका ४८ चलचित्र छानिएका छन् । छानिएका चलचित्र फिचर फिल्म, सर्ट फिल्म, डक्युमेन्ट्री, डक्युड्रामा र कार्टुन फिल्म रहेका छन् ।

चीनका बरिष्ट चलचित्र निर्देशक सेई फी मुख्य निर्णायक रहेको महोत्सवमा फ्रान्सका चलचित्र प्रध्यापक ड्रागन मिलिन कोभिक, नेपालका चर्चित अभिनेता राजेश हमाल, नेपालकै अग्रज चलचित्र निर्देशक लक्ष्मीनाथ शर्मा र भारतकी चलचित्र छायाँकार फाओजिया फथिमा पनि निर्णायकमा रहेका छन् ।

महोत्सबमा सहभागी सबै चलचित्रहरुले अवार्डको लागि प्रतिस्पर्धा गर्ने छन् । जस अन्तरार्गत नेपाल पानोरमा अन्तर्गत नेपाली चलचित्रहरुको मात्र प्रतिस्पर्धा हुनेछ भने अन्तराष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत नेपाल लगायत बाँकी देशका सिनेमाहरु बीच प्रतिस्पर्धा हुनेछ ।

प्रदर्शन गरिने नेपाली चलचित्र

महोत्सवकका लागि नेपालबाट अन्तराष्ट्रिय र नेपाल पानोरमामा चलचित्र, बृत्तचित्र र लघु चलचित्र गरी १९ ओटा सिनेमा चयन भएको छ ।

कालो पोथी, छायाँ, भाग्यले बाँचेकाहरु, सुनाकली, भिमदत्त, ओम्ला, बालकृष्ण, म आलाप हुन चाहन्छु, अपाङको पीडा, लाईफ डजन्ट रिवाईन्ट , द केभ स्माईल, लाज, बुट्टेजामा, तिर्खा, सुन्य, कल्ली, हरेरामकी आमा, झा लो, डोम समाज रहेका छन् ।

सुविधा सम्पन्न अन्तराष्ट्रिय स्तरको सो प्रेक्षालयमा पाँच दिनसम्म विहान १० बजेबाट बेलुका ७ बजेसम्म हरेक दिन महोत्सबका चलचित्र प्रदर्शन गरिने पनि संयोजक पाठकले जानकारी गराएका छन् ।

महोत्सवमा अवार्डहरु निम्न प्रकार रहनेछन्
नेपाल :
– बेस्ट फिचर फिल्मका लागि ५० हजार रुपैयाँको राशी र ट्रफी सहितको ‘श्रीजँगा अवार्ड’
– बेस्ट डक्युमेन्ट्रीका लागि ३० हजार रुपैयाँ राशी र ट्रफी सहितको ‘रामप्रसाद राई अवार्ड’
– बेस्ट सर्ट फिल्मका लागि ३० हजार रुपैयाँ राशी र ट्रफी सहितको ‘चतुरमान राजबँशी अवार्ड’

अन्तर्राष्ट्रिय प्रतिस्पर्धा :
– बेस्ट फिचर फिल्मका लागि १ हजार अमेरिकी डलर राशी र ट्रफी सहितको ‘गौतमबुद्ध बेस्ट फिचर फिल्म अवार्ड’
– बेस्ट डक्युमेन्ट्रीका लागि ५ सय अमेरिकी डलर राशी र ट्रफी सहितको ‘माउन्ट एभरेन्ट बेस्ट डक्युमेन्ट्री अवार्ड’
– बेस्ट सर्ट फिल्मका लागि ३ सय अमेरिकी डलर राशी र ट्रफी सहितको ‘रारा बेस्ट सर्ट फिल्म अवार्ड’

–महोत्सबको पाँचै दिन चलचित्र सम्बन्धित विभिन्न कार्याशाला, अन्तरक्रिया र मास्टर क्लास पनि सञ्चालन हुनेछ ।
– चिनका चलचित्र निर्देशक सेई फीले ‘सिनेमा फर पिपुल’ शिर्षकको मास्टर क्लास चलाउने छन् ।
– फ्रान्सका चलचित्र प्रध्यापक ड्रागन मिलिन कोभिकले ‘थिएटर एन्ड एक्टिङ’ वर्कसप र भारतकी चलचित्र छायाँकार फाओजिया फथिमाले ‘भिजुअल ल्याँग्वेज अफ सिनेमा’ वर्कसप सञ्चालन गर्नेछन् ।
– दर्शकलाई अन्तर्राष्ट्रिय चलचित्र हेर्ने अबसर जुटाउँदै विश्वका सिनेकर्मीसँग बहस गर्दै प्रादेशीक रुपमा चलचित्रको विकाशका लागि प्रोत्साहन मिलोस भन्ने हिसावले महोत्सव आयोजना गरिएको संयोजक केपी पाठकले बताए ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More