धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन

17 July, 2018 18:32 | राजनीति | comments | 16950 Views

धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मंगलबार निधन भएको छ । छातीमा निमोनियाको इन्फेक्सन भएपछि उहाँ दुई सातादेखि उपचाररत हुनुहुन्थ्यो ।

adsads

विगतमा मृगौला प्रत्यारोपण गर्नुभएका सुब्बालाई एक सातासम्म आईसीयुमा राखेर नर्मल बेडमा सारिएको थियो । तर, मंगलबार अचानक उहाँको निधन भयो ।

२०७४ सालमा भएको स्थानीय निर्वाचनमा सुब्बा तत्कालिन नेकपा एमालेका तर्फबाट धरान उपमहानगरपालिकाको मेयरमा २० हजार ९ सय ७५ मत प्राप्त गरी निर्वाचित हुनुभएको थियो ।

तेह्रथुमको खाम्लालुङमा १८ माघ ०२३ सालमा जन्मिएका तारा सुब्बा १३ वर्षको उमेरमै पहिला झापा, गोलधाप र पछि धरान झर्नुभएको थियो ।

०३७ सालमा धरानको शिक्षा निकेतन हाइस्कुलमा भर्ना भएपछि अनेरास्ववियु पाँचौको सांगठनिक गतिविधिमा लागेर राजनीतिमा होमिनुभएको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More