धर्मको खोजीमा कला क्षेत्रबाट टाढिइन नायिका फुमिका

17 February, 2017 18:58 | जापान | comments | 1950 Views

fumika-sizimu

जापानकी ख्यातिप्रप्ता नायीका फुमिका शिमिज़ुले अचानक कलाक्षेत्रबाट सन्यास लिने घोषणा गरेकी छिन । फुमिकाका प्रवक्ताका अनुसार उनले अपनाएको धार्मिक समूह हैपी साइन्सको प्रचार प्रसारमा समय बिताउन कलाक्षेत्रबाट टाढिएकी हुन् ।

गत आइतबार आफ्ना दर्शक र प्रशंसकहरुलाई आश्चर्यचकित बनाउने घोषणा गरेकी २२ बर्षीय नायिका फुमिका बिभिन्न टेलिभिजन र रेडियोहरुमा कार्यक्रम संचालकका रुपमा समेत काम गरेकी थिइन् ।

आफ्नो कलायात्राबाट एकाएक टाढिएकी फुमिकालृ हैपी साईन्स मार्फत आफ्ना अभिभावक, सहयोगी कलाकार र सहकर्मीसंग कलाकारिताको क्षेत्रबाट अचानक बिदा लिएकोमा माफी समेत मागेकी छिन ।

फुमिकाले कलाक्षेत्रबाट टढिने निर्णय गर्दै जारी गरेको वक्तब्यमा आफूले कला क्षेत्रमा सक्रिय रुपमा आठ वर्षसम्म काम गर्दा पनि सो कामबाट पूर्णतया सन्तुष्ट हुन नसकेकोा समेत जानकारी गराएकी छिन् ।

हैपी साइका अनुसार, शिमिज़ु बाल्यकालदेखि नै हैपी साइन्सकी कट्टर समर्थक थिइन् र हालसालै एउटा चलचित्रमा कैनिबल समूहको भूमिका निर्वाह गर्दा आसाध्यै गार्हो भएको महसुश गरेकी थिइन ।

अहिले बिरामी परेकी फुमिकाले निको हुनेबितिक्कै आफ्नो धार्मिक क्रियाकलापमा लाग्ने अनि हैपी साइन्स समुदायले निर्माण गरेको चलचित्रमा मात्र काम गर्ने निधो गरेकी छिन । २०१५ को एनएचके नाट्य शृंखला मरेमा काम गरेदेखि फुमिका दर्शकको आँखामा परेकी थिइन् ।

सन् १९८६ मा भूतपूर्व व्यापार संघका कर्मचारी युहो ओकावाद्वारा खोलिएको धार्मिक संस्था हैपी साइन्सका सदस्यहरुले आन्तरिक खुशीको खोजीमा नियमित रुपमा ओकावाले सिकाएको मार्गको पालना गर्दछन् ।

– जापान टुडेबाट

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More