धाँधली गरेर गच्छदारलाई जिताएको भगवती चौधरी आरोप

13 December, 2017 23:24 | जन सरोकार | comments | 75300 Views

सुनसरी क्षेत्र नम्बर ३ मा कांग्रेसका विजयकुमार गच्छदारसँग पराजित भएकी एमालेकी भगवती चौधरीले चुनावमा धाँधली भएको आरोप लगाएकी छिन् । कांग्रेसका उम्मेदवार गच्छदारसँग ३ सय २१ मतअन्तरमा पराजित चौधरीले सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गरेर धाँधली भएको आरोप लगाएकी हुन् । उनले आफू अन्यायमा परेको जनाउँदै न्यायका लागि राष्ट्रिय, अन्तर्राष्ट्रिरय अदालत जाने चेतावनी दिएकी छिन् ।
विवादित मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने र सबै क्षेत्रको मतपत्र सावधानीका साथ पुनः गणना गर्नुपर्ने समेत उनको माग छ । ‘मतपत्र नम्बर, त्यहाँ प्रयोग गरिएको स्वस्तिकको छाप आदि फेरी जाँच गर्ने हो भने धेरै मत बदर भएका छन्,’ उनले भनिन्, ‘बदर मतलाई समेत सदर गराएर विजयकुमार गच्छदारलाई जिताइएको छ ।’
उनले चुनावको मतदान र मतगणना प्रक्रियामा धाँधली भएको गुनासो गरेकी हुन् । सो क्रममा सुनसरीका प्रहरी प्रमुख विद्यानन्द माझी, निर्वाचन अधिकृत टीकाभुषण घिमिरे लगायतको नामै किटेर प्रेस वक्तव्य समेत जारी गरेकी छिन् । मतपत्रको सिरियल नम्बर हेर्न खोज्दा घिमिरेले नदिएको चौधरीले बताइन् । मतगणना स्थलमा सिसिटिभी नराखिएको, मतदानस्थलभित्र कांग्रेस कार्यकर्तालाई मोबाइल लान दिइएको जस्ता आरोप समेत चौधरीले लगाएकी छिन् ।
उनले आफूलाई षड्यन्त्र गरेर हराइएको बताउँदै केही केन्द्रमा पुनः मतदानको माग गरिन् । ‘स्वभाविकभन्दा ठूलो स्वस्तिक छाप भएका मतपत्रलाई पनि सदर गरिएको छ,’ दुई हजार पाँच सय मतलाई सदर गरिएको बताउँदै उनले भनिन्, ‘केही मतदान केन्द्रमा अधिकृत र प्रहरीले नै नेपाली कांग्रेसमा भोट हाल्न मतदातालाई आदेश दिएको भेटियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

शत्रु गते

फेसबुक

शत्रु गते

ट्वीटर

सामाजिक सञ्जाल

More