Monday 23, January 2017
नेपाली समय: 02:20:35
जापानी समय: 05:35:35

धान उत्पादन अहिलेसम्मकै बढि

7 January, 2017

capture

नेपालको प्रमुख खाद्यान्नबाली धान उत्पादनमा २१ दशमलव शून्य ६ प्रतिशतले वृद्धि भएको छ ।

खेतीयोग्य जमिन क्रमशः बाझो हुँदै गए पनि गत वर्ष ४२ लाख ९९ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यो वर्ष बढेर ५२ लाख ३० हजार मेट्रिक टन उत्पादन भएको छ । यो उत्पादन हालसम्मकै उच्च हो ।

आर्थिक वर्ष ०६९र७० मा १५ लाख ३१ हजार ४९३ हेक्टर क्षेत्रफलमा ५० लाख ७२ हजार २४८ मेट्रिक टन, ०७०र०७१ मा १४ लाख २० हजार ५७० हेक्टरमा ४५ लाख चार हजार ५०३ मेट्रिक टन, ०७१र७२ मा १४ लाख ८६ हजार ९५१ हेक्टर क्षेत्रफलमा ५० लाख ४७ हजार ४७ मेट्रिक टन र ०७२र७३ मा १४ लाख २६ हजार ९५१ हेक्टर क्षेत्रफलमा ४२ लाख ९९ हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।

यसवर्ष विशेष गरी तराईको झापा, धनुषा, महोत्तरी, सिराहा, सप्तरी, मोरङ र रौतहटलगायतका १० जिल्लामा धानको उत्पादनमा वृद्धि भएकाले राष्ट्रिय उत्पादनमा बढत्तरी देखिएको छ । तर पनि पाँचलाख मेट्रिक टन धान अझै अपुग हुने तथ्याङ्क सार्वजनिक गरेको छ । रासस

बारामा ३६ अर्ब बराबरको धान उत्पादन

Loading...
ads ads adsadsads ads ads
ads
ads

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

logo
ads