Thursday 23, February 2017
नेपाली समय: 11:10:32
जापानी समय: 02:25:32

धुर्मुस सुन्तलीको कारण मुसहर बस्तीको मुहार फेरिएको छ : मञ्जय सदा मुसहर (भिडियो अन्तर्वार्ता)

31 January, 2017

मञ्जय सदा मुसहर

कठ्यिाङ्ग्रिदो जाडोको प्रवाह नगरी महोत्तरीको बर्दिवास नगरपालिका– २ स्थित धुर्मुस– सुन्तलीले निर्माण गरिरहेको एकीकृत नमुना मुसहर बस्तीको निर्माणकार्य तीव्रगतिमा अघि बढेको छ ।

पुस २५ गते मह जोडी मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र गङ्गासागर पोखरी (जनकपुर)का सरसफाइ अभियन्ता रामअशिष यादवले शिलान्यास गर्नु भएको बस्तीको निर्माणकार्यमा झन्डै तीन सय कामदार दैनिक खटिएका छन् । हालसम्ममा बस्तीमा निर्माण हुने ५० वटा घरमध्ये ४० वटा घरको जग खनिसकिएको छ । ३२ वटा घरको जग उठाउने कार्यसम्पन्न भइसकेको छ ।

श्रमदान र आर्थिक सहयोगको लागि उत्साहित युवा पुस्ता, सङ्घ संस्थाका पदाधिकारी आउने क्रम जारी छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीलेसमेत श्रमदान र सुरक्षा दिने गरेका छन् ।बर्सौंदेखि रोग, भोक, अशिक्षा, अनिद्रा र विकासबाट वहिष्करणमा परेका मुसहरको आफ्नो घर बन्न लागेपछि उत्साहित देखिएका उनीहरु दिनहुँ झन्डै एक सय मुसहर श्रमदानमा खटिएका एकिकृत नमुना मुसहर बस्तीका उपभोक्ता समितिका अध्यक्ष मञ्जय सदा मुसहरले बताउनुभयो ।

यसै विषयमा नेपाल जापान डट कमका सम्बाददाता सन्दीप भट्टराई मुसहर बस्तीको निर्माण कसरि भैरेको छ भने विषयमा मुसहर बस्तीका उपभोक्ता समितिका अध्यक्ष मञ्जय सदा मुसहरसंग गरेको छोटो कुराकानी यहाँ प्रस्तुत छ :

तीब्रगतिमा हुँदैछ एकीकृत मुसहर बस्तीको निर्माणकार्य

Loading...
ads ads adsadsads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads