धुर्मुस-सुन्तली फाउण्डेसनलाई एनअारएनए नर्वेको सहयोग

6 November, 2017 15:52 | एन आर एन न्युज | comments | 19200 Views

गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेले  एकीकृत नमूना बस्ती निर्माण गरिरहेको धुर्मुस-सुन्तली फाउण्डेसनलार्इ सहयोग गरेको छ ।

एनअारएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष भवन भट्ट र एनसीसी बेल्जियमका उपाध्यक्ष योगिता थापाले संयुक्त रुपमा कल्याणकारी कार्यका लागि संकलन गरेको एक लाख ४० हजार ७८० रूपैयाँ फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेललाई हस्तान्तरण गरेका हुन् ।

उक्त रकम रौतहट जिल्लाको चन्द्रनिगाहपुरस्थित सन्तपुरमा रहेका ४७ बाढीपीडत परिवारहरुका लागि निर्माण गरिने एकीकृत नमूना वस्तीमा उपयोग गरिने छ ।फाउण्डेसनका अध्यक्ष कट्टेलले  एकीकृत वस्तीको निर्माण लागत करीव ६ करोड रहेको जानकारी दिए ।

उनले गैरआवासीय नेपाली संघले सहयोग गरेकोमा हार्दिक आभार प्रकट गर्दै थप सहयोगको अपेक्षा पनि व्यक्त गरे ।संघका अध्यक्ष भट्टले धुर्मुस सुन्तली फाउण्डेसनले संचालन गरेका परोपकारी कार्यको प्रशंसा गर्दै यस्ता परोपकारी कार्यमा संघको सदैव सहयोग रहने विश्वास दिलाएका थिए ।

 

नसम्पर्क समिति नर्वेको अध्यक्ष पदका लागि सापकोटाको जित सुनिश्चित

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More