बीर अस्पताल बीर अस्पताल

  • बीर अस्पताल
  • बीर अस्पताल
  • बीर अस्पताल
  • बीर अस्पताल
  • बीर अस्पताल
  • बीर अस्पताल

धुर्मुस सुन्तली वीर अस्पतालको मुहार फेर्दै

20 May, 2018 18:25 | जन सरोकार , वातावरण /स्वास्थ्य | comments | 28950 Views

बीर अस्पताल

धुर्मुस सुन्तली फाउन्डेसन सामाजिक क्षेत्रमा क्रियाशील नाम । यो प्रतिष्ठानले गरीब, दुःखीका लागि एकीकृत बस्ती बनाएर चर्चामा आएको छ ।

adsads
अब यो प्रतिष्ठान नेपालको सबभन्दा पुरानो सरकारी अस्पताल त्यस्तै यस फाउन्डेसन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान बीर अस्पतालको सरसफाई र रंगरोगनमा सक्रिय छ ।

मुलुककै जेठो अस्पतालको रुपमा स्थापित यस अस्पतालको अहिले मुहार फेरिएको छ । बीर अस्पतालका मैला र काला भित्ता र अव्यवस्थित तार र धुलाम्मे झ्यालहरु । लाग्छ यो कुनै अस्पताल नभई खण्डहर हो ।

बीर अस्पताल

तर अहिले वीर अस्पतालका झ्याल र भित्ता क्रमशः निला र चम्किला भइरहेका छन् । अव्यवस्थित रुपमा रहेका तारहरु लिष्टिले छोपिएको छ । निकै पोहोर र गनाहाउने शौचालय अहिले निकै सफा भएका छन् । उपचार गर्न पुगेका र उपचाररत विरामीहरु वीर अस्पतालको स्वरूप फेरिएको देखिएर अचम्मित परेका र कतिपय यहाँ सुटिंग हुन लागेको बताउछन् ।

२२ वैशाखमा स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले पुरुष शौचालय सफा गरेर वीर अस्पताल सरसफाइ अभियान सुरु गरिन । तर अस्पतालको शौचालय मात्र नभएर अस्पतालकै मुहार फेर्नुपर्छ भनेर लागेका छन् अभिन्यता सिताराम कट्टेल(धुर्मुस) ।

सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले नेपालमा २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्प पछि भूकम्प पीडितहरुका लागि आवास पुन निर्माण र सामाजिक कार्य गर्ने उद्देश्यले खोलिएको हो ।

गत वैशाख २६ गतेबाट सुरु गरिएको यस सफाई अभियानमा अस्पताल प्रशाशन, बागमती सफाई महाअभियान र खेम क्लिनिंग सर्भिसले पनि सहकार्य गरिरहेको छ । हाम्रो टोली पनि यसै सन्दर्भमा आफ्नो क्यामेरामा अस्पतालको दृश्य खैद गर्न त्यहाँ पुग्दा हामी पनि अचम्मित पर्यौं । त्यस्तै, अस्पताल प्रशासन वरपरका भित्तामा चित्रसहित भित्ता सजाइएको छ । महिला शौचालय, नेफ्रो विभाग पस्ने भित्तातिर पनि चित्र बनेका छन् ।

हाल त्यस अस्पतालको रङ्ग रोगन गर्न लगभग ५० जना खटिरहेको सुपरभाइजर ततहा रङ्गरोगनकार्यका प्रमुख अनिश लामिछानेले बताए । उनीहरु प्राय दैनिक रुपमा आफ्नो कौशलतापूउर्वक कार्यहरु गरिरहेको र कामदारहरु पनि यस कार्यप्रति सन्तुष्ट रहेको लामिछानेले नेपाल जापान डट कमलाई जानकारी दिए ।

बीर अस्पताल

विहान साढे छ बजे देखि राति साढे ११ बजे सम्म रङ्ग रोगनको कार्य भैरहेको लामिछानेले बताए । र यस रंगरोगनको कार्य छिट्टै सकिने उनले जानकरी दिए । सुरुमा शौचालय मात्र सफा गर्न आएको र अस्पतालको हालत देखेर यसको स्वरूप नै परिवर्तन गर्नुपर्छ भनेर यस अभियान सुरु गरेको लामिछानेले बताए ।

बीर अस्पताल

अहिलेसम्मको सरसफाइमा कति खर्च भयो भन्ने सन्दर्भमा यकिन नभएको भन्दै लामिछानेले यस कार्यमा सहयोग गर्न अस्पतालमै आएर धेरै व्यक्तिहरुले सहयोग उपलब्ध गराएको र भैरहवा पुगेका धुर्मुसलाई लिलादेवी कुन्तिदेवी प्रतिष्ठानले अस्पतालको सरसफाईको लागि दुई लाख २५ हजार रुपैयाँ सहयोग गरेको जानकरी दिए ।

त्यस्तै विहान रंरोगनकार्य भएपछि राति साढे आठ बजे देखि विहान साढे ४ बजे सम्म खेम क्लिनिंग सर्भिस सफाईको कार्य गर्ने सफाई प्रमुख सुमन थापा मगर र राजेन्द्र कार्कीले बताए । त्यस सफाई अभियानमा १० जना अस्पतालका र १५ जन बाहिरका रहेका मगरले जानकरी दिए । र यस सफाई अभियान पनि केहि दिनमा सकिने मगरले बताए । सफाईको कार्य भने हरेक दिन राष्ट्रिय गान बजाएर सुरु गरिने मगरले बताए ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
बीर अस्पताल

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

गुप्तेश्वर गुफा भित्रबाट देखिएको डेभिडफल्स

फेसबुक

गुप्तेश्वर गुफा भित्रबाट देखिएको डेभिडफल्स

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!