धुलिखेललाई पर्यटनको हब बनाइने

8 May, 2017 18:53 | कर्पोरेट/पर्यटन | comments | 5250 Views

धुलिखेल

स्थानीय तह निर्वाचनका लागि धुलिखेलमा प्रमुख राजनीतिक दलबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

स्थानीय तह निर्वाचनको परिणाम आफ्नो पोल्टामा पार्न धुलिखेलमा दलहरुले बाजागाजासहित घरदैलो अभियान तीव्र बनाएका छन् । खानेपानी, सडक, पर्यटन प्रवद्र्धनलगायत चुनावी नारा लिएर घरदैलो अभियान सुरु गरेका सबै राजनीतिक दलले निर्वाचनको परिणाम आफ्नो पक्षमा पर्ने जिकिर गर्दै धुलिखेललाई पर्यटनको हब बनाउने बताएका छन् ।

स्थानीय तहमा लामो सयमको रिक्ततापछि हुन लागेको निर्वाचनमा खासगरी नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच त्रिपक्षीय प्रतिस्पर्धा हुने बताइएको छ । यसबाहेक धुलिखेलमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, नयाँ शक्ति नेपाल, फोरम लोकतान्त्रिक पार्टीलगायत पार्टी पनि प्रतिस्पर्धामा उत्रेका छन् ।

काँग्रेसका तर्फबाट धुलिखेल नगरपालिकाको नगरप्रमुखका उम्मेदवार रमेश हुमागाईं धुलिखेललाई पर्यटन केन्द्रका रुपमा विकास गर्ने लक्ष्य लिएको बताउनुहुन्छ । उहाँले धुलिखेललाई शिक्षा र स्वास्थ्यको समेत हब बनाइने बताउनुभयो । “पिछडिएको वर्ग, दलित, जनजातिको आर्थिक स्तर उकास्न सामाजिक सुरक्षाको विशेष व्यवस्था गरिनेछ,” उहाँले भन्नुभयो ।

यस्तै नेकपा (एमाले), काभ्रेपलाञ्चोकका उपाध्यक्ष तथा धुलिखेल नगरपालिकाका प्रमुखका उम्मेदवार अशोक व्याञ्जु धुलिखेल नगरपालिकाका सबै वडालाई विकास मोडलका रुपमा विकास गर्न उत्पादनको पहिचान गरिने बताउनुहुन्छ । उहााले दलित, जनजाति र पिछडिएको वर्गलाई परिषद् बनाएर आर्थिक उर्पाजनको काम गर्ने लक्ष्य लिएको बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र)का तर्फबाट धुलिखेल नगरपालिकाको नगरप्रमुखका उम्मेदवार सरस्वती लामाले पर्यटन पूर्वाधार र निर्माणसँगै धुलिखेललाई कृषि पर्यटनका रुपमा विकास गर्ने आफ्नो प्रमुख उद्देश्य रहेको बताउनुभयो । धुलिखेलको ग्रामीण क्षेत्रलाई ध्यानमा राखेर विकासका योजना अघि बढाइने उहाँको भनाइ छ । “पुनः संरचनापछि हामीले नयाँ सोच र योजनाका साथ निर्वाचनमा सहभागी भएका छौँ त्यसैले हाम्रो योग्यता पहिचानको आवश्यकता छ,” उहाँले भन्नुभयो ।

धुलिखेल नगरपालिका आसपासको रविओपी, पात्लेखेत, देवीटार, शङखु, शारदा वतासेका केही वडा अहिले पुनः संरचनापछि धुलिखेल नगरपालिकाको क्षेत्रमा पर्छन् । १२ वटा वडा रहेको धुलिखेल नगरपालिकामा २० हजार चार सय ३० मतदाता सङ्ख्या रहेको छ । काठमाडौँबाट ३० किमीको दूरीमा धुलिखेल समुन्द्र सतहबाट करिब एक हजार ६ सय २५ मिटर उचाइमा अवस्थित छ ।

रत्ननगरलाई ‘पर्यटन हव’ बनाइने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More