Friday 26, May 2017
नेपाली समय: 01:45:15
जापानी समय: 05:00:15

नव-नियुक्त राजदूत ‘प्रतिभा राणा’ कार्यभार सम्हाल्न जापानमा

18 May, 2017

 

तस्बिर  : नेपाल जापान डट कम 

जापानका लागी नियुक्त नेपालका राजदूत प्रतिभा राणा आफ्नो कार्यभार सम्हाल्न जापान आइपुगेकी छन । ललितपुर निवासी प्रतिभा राणालाई राष्ट्रपति बिद्या देबी भण्डारीले हालै जापानका लागि नेपाली राजदूत पदमा नियुक्त गरेकी थिईन।

राजदूत राणालाई बिहीबार टोकियो हानेदा विमानस्थलमा स्वागत गरिएको हो । स्वागत गर्न जापानी दुताबासका कार्यबाहक राजदूत कृष्णचन्द्र अर्याल सहित दुतावासका द्वितिय तथा तृतिय सचिव टोपनारायण गिरी र रेवन्त केसीले स्वागत गर्नुभयो।

यस्तै गैरआवाशीय नेपाली संघ जापानका अध्यक्ष सुदन थापा, उपाध्यक्ष टासी लामा, प्रवासी नेपाली संगठन ओनो जापानका अध्यक्ष चन्द्र उपाध्याय, वरिष्ट उपाध्यक्ष सन्तोष सिलवाल, महासचिव खगेन्द्र चापागाई, निवर्तमान अध्यक्ष रघुदिप खडका, नेपाल जापान नागरिक समाज अध्यक्ष कलेन्द्रविक्रम शाही लगायतका जापानका क्रियाशील समाजका प्रतिनिधी, व्यवसायीहरु र पत्रकारहरुको समेत उपस्थिति रहेको थियो ।

जापानमा तत्कालिन राजदूत मदनकुमार भट्टराईको पदावधि सकिएसंगै लामो समय देखि उक्त पद रिक्त थियो ।

यो पनि : प्रतिभा राणा जापानका लागि राजदूत नियुक्त

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo