Thursday 27, April 2017
नेपाली समय: 10:59:43
जापानी समय: 02:14:43

नयाँशक्ति जापानको कानागावा ईलाकामा शेरबहादुर

20 April, 2017

japan

“अबको निकास आर्थिक विकास, सम्भव छ समृद्धि हाम्रै पालामा” भन्ने नारा बोकेर स्थापना भएको नयाँ शक्ति नेपाल पार्टीको प्रवासी संगठन अन्तर्राष्ट्रिय नेपाली समाज जापानको कानागावा ईलाकाले ३५ सदस्यीय समिति चयन गरेको छ ।

इलाका तदर्थ समितिका पूर्व संयोजक शेरबहादुर केसी को सभापतित्वमा नयाँ शक्ति नेपाल पार्टीको केन्द्रीय समिति सदस्य तथा जापानका संयोजक पदमसिंह ठगुन्नाको प्रमुख आतिथ्यमा सम्पन्न भएको अधिवेशनमा प्रवक्ता भुवन रोका, कान्तो संयोजक राजु केसी, सचिवालय सदस्य माधव सिग्देलको आतिथ्यता रहेको थियो ।

सचिवालय समिती सदस्य तथा कानागावा तदर्थ समितीका सदस्य अर्जुन सापकोटाले संचालन गरेको कार्यक्रममा याम बहादुर बिकको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा जापान संयोजक पदम ठगुन्नाले संबोधन गर्दै पार्टीको निति तथा उदेश्य, प्रबक्ता भुवन रोकाले नेपालमा राजनैतिक परिबर्तनले गणतन्त्रसम्म पुर्याइसकेकोले यी परिबर्तनहरुको रक्षा गर्दै समृद्ध नेपाल निर्माण गर्नको लागी नयाँ शक्ति पार्टी स्थापना भएको प्रष्ट पारेका थिए ।

राजु केसीले पार्टीका राम्रा योजनाहरुमा साथ दिदै नकारात्मक पक्षलाई सल्लाह सुझाब दिन आग्रह गरे, माधव सिग्देलले काम र ब्यबसायबाट बचेको समय पार्टी बिस्तारमा लाग्न सबैमा अपिल गरेका थिए ।

औपचारिक कार्यक्रमको समापन गर्दै शेर बहादुर खत्रीले कार्यक्रममा उपस्थित हुने र कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पुर्ण अभियन्ताहरुलाई धन्सबाद दिदै पार्टी बिस्तारमा लाग्न आग्रह गरेका थिए ।

अधिवेशनले सर्वसम्मत रुपमा शेरबहादुर खत्रीलाई अध्यक्षको रुपमा चयन गरेको छ भने उपाध्यक्षमा अर्जुन सापकोटा र नवराज आचार्य, सचिमा निरा रानाभाट, कोषाध्यक्षमा चुडामणि पौडेल, सहसचिमा याम बिक र सहकोषाध्यक्षमा रुद्रलाल कँडेललाई चयन गरेको छ ।

त्यसै गरी दस्यहरुमा चन्द्र गुरुङ, अमृत सुनार, शिश थपलिया, सन्देश घिमिरे, निराजन कार्की, मनोज केसी, सुरज मरासैनी, शमिर आचार्य, पवित्रा दाहाल, सुमन सापकोट, सन्जु शर्मा, परलमान रोका, उज्वल रेग्मी, रबिन्द्र भण्डारी, कृष्ण प्रजापति, रवीन्द्र राना, देब खत्री, प्रबिन बराल, प्रकाश कँडेल, खेम प्रसाद पाध्या, रविलाल विश्वकर्मा, राजन सुवेदी, राम बिक, प्रेम शर्मा, दुर्गा आचार्य र लक्ष्मण खत्री रहनुभएको छ ।

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo