Monday 24, April 2017
नेपाली समय: 01:16:05
जापानी समय: 04:31:05

नयाँ बर्षमा काभ्रे सेवा समाज युएईले ‘बृहत सांकृतिक साँझ’ आयोजना गर्ने

19 March, 2017

nn-4दामोदर दाहाल, युएई – काभ्रे सेवा समाज युएईले अपाङ्गता तथा अनाथ बालबालिकाहको सहयोगको लागी नेपाली नयाँ वर्ष २०७४ को अवसरमा ‘नयाँ बर्ष बृहत सांकृतिक साँझ’ आयोजना गर्ने भएको छ । बैदेशिक रोजगारीको शिलसिलामा युएईमा रहेका काभ्रेलीको साझा सामाजिक संस्था काभ्रे सेवा समाज युएईले भर्खरै आफ्नो दोस्रो अभिवेसन पश्चात पहिलो सामाजिक सेवाका लागि कार्यक्रम गर्न लागेको हो ।

नववर्षको अवसरमा आयोजना गरिने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको समाजका अध्यक्ष दिल लामाले जानकारी दिए । यस सांकृतिक कार्यक्रममा नेपालका चर्चित गायक विश्व दोङ, रिता केसी, चर्चित नायिका तथा आईटम डान्सर रिया श्रेष्ठ लगायतका कलाकाहरुलाई निम्त्याइएको छ । त्यस्तै, युएईमा रहेका गोपीकृष्ण पंगेनी, निश्चल श्री, सन्ध्या सुस्केरा, अन्जुली लोप्चन, ईन्द्र सिन्चुी, रोशनी सुब्बा, सोनी रानामगर, पवेग दोङ तथा डिभि समर्पण लगायतका दर्जनौं कलाकाहको बेजोड प्रस्तुति हने समाजका महासचिब उत्तम बिकले बताए ।

दुबईको देरास्थित कार्लटन टावर होटलको हलमा हुने साकृतिक कार्यक्रमको लागि युएईबासी नेपालीहलाई अपाङ्गता तथा अनाथ बालबालिकाहको सहयोगार्थ उपस्थित भइदिन आग्रह गरिएको छ । संकलित रकम नेपालमा रहेका अपाङ्गता भएका तथा अनाथ बालबालिकाको लागि भवन निर्माणमा खर्च गरिने समाजका उपाध्यक्ष गोबिन्द पन्तले जानकारी दिए ।

कार्यक्रमको प्रायोजक ट्रट जेनिक म्यानेजमेन्ट कन्सल्टेन्सी फी–जोन कम्पनी छ भने सह–प्रायोजक महबा ट्राभल्स, बिजेता गु्रप अफ कम्पनि, अन्नपूर्ण ज्वेली बर दुबई, फिटेल ट्राभल्स बर दुबई, नमस्ते ट्राभल्स बर दुबई, नेपालीको सगमाथा रेष्टुरेन्ट बर दुबई, बावर्ची रेष्टुरेन्ट तथा नेपाली पसल बर दुबई, फलाफिल्गी रेष्टुरेन्ट अलएन, नमते रेष्टुरेन्ट देइरा काठमाडौं, ग्रीन दरबार तथा नेपाली रेष्टुेरन्ट आबुधाबी, भान्छाघर रेष्टुरेन्ट आबुधाबी छन् ।

त्यस्तै, एभरेष्ट एच.आर कन्सलटेन्सी आबुधाबी, एभरेष्ेट इन्टरनेशनल कन्सल्टेन्सी, कुक कनेक्ट तथा गोल्बल जनरल मेन्टेनेन्स आजमान, पुरानो नेपाली रेष्टुरेन्ट तथा नेपाली सेकुवा घर बर दुबई, जीकेएस टायर अलकुज लगायतले कार्यक्रमको सह–प्रायोजक छन् । सन २०१४ मा काभ्रे सम्पर्क समिति युएईको नामबाट स्थापना भएको संस्था दोस्रो अधिबेसनबाट काभे सेवा समाज युएईमा परिवर्तन गरिएको थियो ।

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo