नयाँ बोर्डको शपथसंगै एनआरएन जर्जीयाको लैंगिक र घरेलु हिँसाबिरुद्धको कार्यक्रम

30 January, 2018 16:43 | एन आर एन न्युज | comments | 34350 Views

एन.आर.एन.ए जर्जीया च्याप्टरको नयाँ बोर्डको सपथ ग्रहण जनवरी २८ (आइतवार) सम्पन्न भएको छ । जर्जीयाको अटलान्तामा सम्पन्न कार्यक्रममा एन.आर.एन.ए अमेरिकाका अध्यक्ष डा. केशव पौडेलद्वारा २०१७–१९ को नयाँ बोर्ड सदस्यको शपथ गराउनुभएको हो ।

नयाँ बोर्डमा सूर्य लम्साल (अध्यक्ष), इच्छा बास्तोला (सचिव–कोषाध्यक्ष), कुमार भण्डारी, बाबुराम शर्मा, दीपक के.सी., विकास श्रेष्ठ, सुशील पोख्रेल, र अल्विन गोर्खाली रहका छन् । कार्यक्रममा अल्विन गोर्खाली बाहेक सबै उपस्थित थिए ।

कार्यक्रममा एन.आर.एन अमेरिका बोर्डबाट अध्यक्ष पौडेल बाहेक सुनील शाह (वरिष्ठ उपाध्यक्ष), राधा पौडेल (उपाध्यक्ष ( मध्य पश्चिम), इन्दिरा त्रिपाठी (महिला संयोजक), र गोपेंद्र भट्टराई (बोर्ड सदस्य) उपस्थित थिए । त्यस्तै एन.आर.एन नर्थ क्यारलाइना च्याप्टरका संस्थापक अध्यक्ष रेवतीराज अधिकारीको पनि उपस्थिति थियो ।

नेपालिज एसोसिएसन अफ जर्जीया (नाग) बाट अध्यक्ष केशव शर्मा लगायत अन्य पूर्व तथा वर्तमान पदाधिकारीहरुको उपस्थिति थियो । त्यस्तै नेपालिज एसोसिएसन इन साउथइस्ट अमेरिका (नासा) बाट पूर्व अध्यक्षद्वय राजा घले र डा. संजीव सापकोटाको उपस्थिति थियो । भुटानी समाज अमेरिका (ओ.बी.सी.ए.) बाट अध्यक्ष दिलिप दाहालको पनि उपस्थिति थियो । कार्यक्रमको संचालन एन.आर.एन अमेरिकाका पूर्व बोर्ड सदस्य गोविन्द श्रेष्ठले गरेका थिए भने स्वागत मन्तब्य डा. अनुप श्रीवास्तवले दिएका थिए ।

लैंगिक र घरेलु हिँसा सम्बन्धि कार्यक्रम
अमेरिकामै पहिलो पटक विभिन्न स्थानीय, क्षेत्रीय, र राष्ट्रिय नेपाली संघसंस्थाहरु मिलेर “लैंगिक र घरेलु हिँसा” सम्बन्धी सोही दिन सम्पन्न भएको छ । कार्यक्रम ३ वटा नेपाली संस्थाहरु (नाग, नासा, र एन.आर.एन. जर्जीया च्याप्टर) मिलेर गरेका थिए ।

कार्यक्रमको उद्देश्यबारे बोल्दै कार्यक्रमका संयोजक इच्छा बास्तोलाले नेपाली समाजमा लैंगिक र घरेलु हिँसासम्बन्धि बहसको सुरुवात हुनुपर्ने र समाज समयमै सचेत हुनुपर्ने कुरा बाताउनुभयो । कार्यक्रम संचालक सुष्मा बाराकोतिले त्यसको सुरुवात नेपाली समाजका अगुवाहरुबाट हुनुपर्ने कुरा राख्नुभयो ।

कार्यक्रम भर्खरै गठित २१ सदस्यीय एन.आर.एन.ए जर्जिया हेल्पडेस्कको पहिलो कार्यक्रम पनि थियो । यस्तो कार्यक्रम “एन.आर.एन.ए. अमेरिका हेल्पडेस्क” मार्फत निकट भविष्यमा अमेरिकाका ५० वटै राज्यहरुमा संचालन गर्न सकिने बताइएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More