नर्भिकका डाक्टरले देब्रे घुँडाको अपरेशन गर्नुपर्नेमा दाहिने चिरे, अस्पतालद्वारा गल्ती स्वीकार पीडितसंग सहमति

24 February, 2018 23:00 | जन सरोकार | comments | 105150 Views

देशकै सबैभन्दा प्रतिष्ठित र अस्पतालमा मानिने नर्भिक अस्पतालका चिकित्सकले बिरामीमाथि गम्भीर लापरवाही गरेका छन् । अस्पताल प्रशासनले चिकित्सकबाट भएको गम्भीर गल्ती स्वीकार्दै पीडित पक्षसंग लिखित समझदारी गरेको छ ।

adsads

समाचार अनुसार नर्भिक अस्पतालका डाक्टरले देब्रे खुट्टा अपरेशन गर्न भर्ना भएकी विन्दु पौडेलको दाहिने खुट्टाको घुँडाको अपरेशन गरेको हो ।

चितवनकी ३८ वर्षीया पौडेल लिगामेन्ट च्यातिएका कारण उपचार गर्न नर्भिक आएकी थिइन् । चितवनमा देखाउँदा अपरेशन गर्नुपर्छ भनेरपछि परिवारका सदस्य एमआरआईको रिपोर्ट बोकेर नर्भिक अस्पताल आइपुगेका थिए ।

रिपोर्ट हेरेपछि डा. प्रविण नेपालले भ्वाङ रहेको भन्दै अपरेशन गर्नुपर्ने राय दिए । विन्दु बिहीबार काठमाडौं आइन् र विमानस्थलबाट सिधै अस्पताल पुगिन् ।

डा. नेपालले अपरशेन गर्नु पर्ने दोहोर्‍याए । अपरेशन गर्नुअघि परिवारका सदस्यले फेरि एमआरआई गरौं नभनेका पनि होइन । तर, डा। नेपालले पटक पटक एमआरआई नगरौं आरसस्टोपी गरेर हेर्छु भने । परीक्षणपछि विरामी भर्ना भइनन्, घर नै गइन् ।

फागुन ११ गते शुक्रबार विहान करिव साढे ९ बजेतिर अस्पताल भर्ना भइन् र अपरेशन सुरु भयो । उनलाई अपरेशन कक्षमा झण्डै चार घन्टा राखियो । अपरेशन लगतै भेट्न दिइएन, जुन स्वभाविक हो । तर, कस्तो छ भन्दा डाक्टरले राम्रो भएको सुनाए ।

जब आफन्तले भेट्न पाए, विरामीले अपरेशन गरेको खुट्टा देखाउँदा परिवारका सदस्यहरु छाँगाबाट खसे झै भए । देब्रे घुँडाको लिगेमन्ट च्यातिएको भनेर अपरेशन गर्न पठाएको डाक्टरले त दाहिनेमा चिरेछन् ।

त्यसबेलासम्म असपतालले केही भनेको थिएन । पीडित परिवार डाक्टर प्रविणलाई भेट्न पुगे । उनी भेटिएनन् । लगतै उनीहरु कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंह कहाँ पुगे र उपचारका क्रममा भएको गम्भीर गल्ती सुनाए ।

विरामीका आफन्तका अनुसार सुरुमा त चिकित्सकले गल्ती स्वीकार गर्न आनाकानी गरेका थिए । डा. प्रविण नेपालको तर्क थियो, अपरेशन रुममा गएर हेर्दा देब्रेभन्दा दाहिनेमा धेरै समस्या देखेँ, त्यसैले त्यसकै अपरेशन गरेँ ।’

तर, विरामीका आफन्तले यो मान्ने कुरा थिएन । दाहिने खुट्टाको अपरेशन गर्नु पूर्व आफूलाई जानकारी नदिएको मात्र होइन, कुन परीक्षणका आधारमा अपरेशन गर्नुभयो भन्ने प्रश्न गरे ।

छलफलका क्रममा अस्पतालका कार्यकारी निर्देशक सिंहले पनि डाक्टर नेपालको तर्कसँग सहमत भएनन् । अन्तिममा डा. नेपालले देब्रे सोचेर अपरेशन गरेको दाहिने परेछ भने भन्दै गल्ती स्वीकार गरे ।

शनिबार चौधरी ग्रुपद्वारा सञ्चालित अस्पताल र पीडित पक्षबीच चारबुँदे सहमति भएको छ । सहमतिमा प्रविण नेपाल र शैलेज रञ्जितकारले ‘भूलवश मानविय त्रुटीका कारण दाहिने घुँडाको अपरेशन हुन गरेको तथ्य’ स्वीकार गरेका छन् ।

विरामी विन्दुको दुबै खुट्टाको निःशुल्क उपचार गर्ने, त्यहाँ उपचार सम्भव नभए विज्ञ चिकित्सकका आधारमा सम्पूर्ण उपचार अस्पतालले गर्ने सहमति भएको छ । साथै विरामीको घुँडाको उपचार नेपालमा सम्भव नभई बाहिर लैजानु परेमा सम्पूर्ण उपचार खर्च अस्पतालले नै व्यहोर्ने सहमति छ ।

नर्भिक, ग्राण्डी, न्यूरो, बी एण्ड बी र इसान अस्पतालविरुद्ध ठगी मुद्दा चलाइने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More