नवनिर्वाचित राष्ट्रपति भण्डारीले प्रधानन्यायाधीशबाट बुधबार सपथ लिने

13 March, 2018 23:18 | राजनीति | comments | 97650 Views

नव निर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार ४ बजे पद तथा गोपनीयताको सपथ लिने भएकी छन् । राष्ट्रपति कार्यालयका अनुसार प्रधानन्यायाधीश गोपाल पराजुलीले भण्डारीलाई दोस्रो कार्यकालका लागि सपथ गराउने छन् ।

adsads

राष्ट्रपति चयनका लागि मंगलबार भएको निर्वाचनमा भण्डारी ३९ हजार २ सय ७५ मतभारसहित विजयी भएकी हुन् । प्रतिद्वन्द्वी उम्मेदवार कांग्रेस नेतृ तथा पूर्वसांसद कुमारी लक्ष्मी राईले ११ हजार ७ सय ३० मतभार पाएकी थिइन् ।

राष्ट्रपति चयनको मतदान प्रक्रियामा संघीय संसदका ५ जना र प्रदेशसभाका १३ जना सांसद अनुपस्थित थिए । राष्ट्रपति निर्वाचनमा प्रदेशसभाका ५ सय ४९ र संघीय संसदका ३ सय ३१ सांसदको मतदाता सूचीमा नाम थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More