नविल बैंकका सीइओ सशिन जोशीको राजिनामा स्वीकृत
नविल बैंकका प्रमुख कार्यकारी अधिकृतको पदबाट सशिन जोशीले दिएको राजिनामा स्वीकृत भएको छ । मंगलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले जोशीको राजिनामा स्वीकृत गरेको हो ।
केही सयम अघि जोशीले बैंक सञ्चालक समिति समक्ष राजिनामा दिएका दिए । आगामी फागुन ५ गतेदेखि लागू हुनेगरी सञ्चालक समितिले उनको राजिनामा स्वीकृत गरेको हो ।
बैंकरहरुको राजा मानिने जोशीसँग बैंकको वित्तीय विवरण अपेक्षाअनुरुप नआएको भन्दै केही सञ्चालकहरुले असन्तुष्टि जनाँदै आएका थिए । कन्जरभेटिब बैंकरकोरुपमा परिचित जोशीले लगानीकर्तालाई बढीभन्दा बढी प्रतिफल दिन जथाभावी लगानी गर्न तयार नभई राजिनामा दिएको बैंकसम्बद्ध अधिकारीहरुको भनाइ छ ।
४ वर्षे कार्यकालका लागि नियुक्त भएका जोशी २ वर्षे कार्यकाल पूरा नहुँदै राजिनामा दिएका हुन् । त्यसैगरी, बैंकर उपेन्द्र पौडेल नविल बैंकको सञ्चालक समितिको सदस्यमा नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले सञ्चालक कृष्णप्रसाद शर्माको सट्टामा पौडेलले एनबी इन्टरनेशनलको तर्फबाट प्रतिनिधित्व गराउँदै नियुक्त गरेको हो ।
बिनोद चौधरी मूख्य लगानीकर्ता रहेको एनबी इन्टरनेशनलको नबिल बैंकमा ५० प्रतिशत सेयर स्वामित्व छ । पौडेल यसअघि एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत थिए । । गत मंसिरमा पौडेलले एनएमबि बैंक छाडेका थिए । तत्कालीन ग्रिनलेज अर्थात् स्ट्यान्डर्ड चार्टडबाट बैंकिङ करियर गरेका पौडेलसँग ३० वर्षे बैंकिङ अनुभव छ ।
बैंकरको रुपमा यस क्षेत्रमा प्राप्त अनुभव लगानीकर्ताकोरुपमा नेपालकै ठूलो बैंकमा सञ्चालक बनेर काम गर्ने अवसर पाएको पौडेलले खुसी व्यक्त गरे ।
एटिएम दुरुपयोग गरी पैसा चोर्ने एक बुल्गेरियन नागरिक पक्राउ
तपाईंको प्रतिकृया
ताजा समाचार
- १४ किलो सुन कारोबारमा संलग्न चिनियाँ नागरिक पक्राउ
- ४ करोड लिएर भागेका लेखा अधिकृत पक्राउ
- ड्रग बेच्ने गिरोहका नाइके पक्राउ
- डा. देवकोटाकी छोरी अपहरण गर्नेलाई १७ वर्ष कैद
- पेस्तोल र लागू औषधसहित भारतीय पक्राउ
- सम्पदा क्षेत्रमा व्यापारिक भवन बनाउने काम रोक्न सर्वोच्चको आदेश
- एक महिनामा तीन दर्जन बलात्कृत
- आर्थिक वृद्धिदर बढ्योः प्रतिव्यक्ति १ लाख माथि
- भूकम्पले अझै दुःखी तुल्याइरहेको छ– राष्ट्रपति भण्डारी
- शिक्षा मन्त्रीबाट ‘सेक्सी योगा’ जाँदा सरकारी गाडीको प्रयोग
- भूकम्पमा मृत्यु हुनेप्रति श्रद्धाञ्जलि अर्पण
- काँकडभिट्टा आइपुगेका यात्रुवाहक बस
- खरबुजा बजार लैजाने तयारी
- चुरेमा लागेको आगो नियन्त्रण
- सम्पदाको पुनर्निर्माण सुस्त गतिमा
- किमसँग भेट्नु अघि ट्रम्पलाई मुनले भेट्ने
- ‘एनआरएनए युएसए हेल्प डेस्क’ का लागि कोष स्थापनाको माग
- भारत र चीनले नेपाललाई छाडेर गर्ने विकास अपूर्ण हुन्छ : दाहाल
- पाटन उच्च अदालतद्वारा एन्फा विरुद्धको अन्तरिम आदेश खारेज
- बार्सिलोनामा दर्शकले भुइँमै बसेर हेरे चलचित्र ‘शत्रु गते’
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
नरेन्द्र रौले
रविन्द्र अधिकारी
भरत भुषाल
किशोर सुबेदी


