डा बाबुराम भट्टराई डा बाबुराम भट्टराई

  • डा बाबुराम भट्टराई
  • डा बाबुराम भट्टराई
  • डा बाबुराम भट्टराई
  • डा बाबुराम भट्टराई
  • डा बाबुराम भट्टराई
  • डा बाबुराम भट्टराई

नवीनतम सोचका साथ अघि बढ्नु आवश्यक : डा भटृराई

19 May, 2018 21:52 | राजनीति | comments | 38850 Views

डा बाबुराम भट्टराई

नयाँशक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राष्ट्रिय समृद्धि र विकासका लागि नवीनतम सोचका साथ अघि बढ्नुपर्ने बताउनुभएको छ ।

संसदीय पत्रकार मञ्च, पोखराद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा उहाँले पुराना पार्टीले विकास र समृद्धिको मार्ग परिवर्तन गर्न आवश्यक भएको बताउँदै परम्परागत शैलीबाट विकास र समृद्धि सम्भव नभएको उल्लेख गर्नुभयो ।

adsads

देशको अर्थतन्त्र केवल आठ नौजनाले मात्र सञ्चालन गरेको बताउँदै भट्टराईले भन्नुभयो, “मुट्टीभरका व्यक्तिमा देशको अर्थतन्त्र रहँदासम्म देशको विकास र समृद्धिले फड्को मार्न सक्दैन, सबै खालका सिण्डीकेट, कमिशनखोर र भ्रष्टाचार हटाएर अगाडि बढ्नु आवश्यक छ ।”

पुराना राजनीतिक दलले सत्तालिप्सा, राज्यसत्ताको दोहनका लागि चुनावदेखि चुनावसम्मको राजनीति गर्ने गरेको चर्चा गर्दै उहाँले त्यस्तो राजनीतिले आमजनताको हित नगर्नेमा जोड दिनुभयो ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकीकरण राजनीतिक स्थायित्वको लागि सकारात्मक भएको र अन्य प्रजातान्त्रिक शक्ति पनि एक हुनुपर्ने बताउँदै उहाँले दलहरू जनताको चाहनाअनुसार रुपान्तरित बन्नु आवश्यक भएको बताउनुभयो ।

देशमा बढ्दै गएको भ्रष्टाचार, महँगी नियन्त्रण एवं विभेद अन्त्य गर्दै विकास र समृद्धितर्फ पुराना दलहरु अगाडि नबढेसम्म नेपाली जनताको आवश्यकता पूरा नहुने उहाँले बताउनुभयो । “नयाँशक्ति पार्टी सत्ता लिप्साभन्दा पनि समाजलाई रुपान्तरित गर्दै दीर्घकालीन रुपमा देशको समृद्धि अघि बढाउन चाहन्छ,”–उहाँले भन्नुभयो ।

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणबाट नेपालका प्रधानमन्त्रीले आफ्नो व्यक्तिगत सम्बन्ध सुधार गरेपनि देशको हितमा भने भ्रमण फलदायी नभएको उहाँको भनाइ छ ।

पोखराको फेवाताल संरक्षणका लागि आफू प्रधानमन्त्री भएकै समयमा समिति बनाएर काम शुरु गरेको र सर्वोच्च अदालतले पनि फेवा संरक्षणको पक्षमा फैसला गरेको बताउँदै उहाँले फेवाताल संरक्षणमा सबैको चासो बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
डा बाबुराम भट्टराई

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

टोकियो ओलम्पिक्स र प्यारालम्पिक्सको मस्कटको नाम घोषणा

फेसबुक

टोकियो ओलम्पिक्स र प्यारालम्पिक्सको मस्कटको नाम घोषणा

ट्वीटर

सामाजिक सञ्जाल

More