Monday 23, January 2017
नेपाली समय: 08:32:52
जापानी समय: 11:47:52

‘नाईं मलाई थाहा छैन’ नृत्य प्रतियोगितामा भाग लिदा ध्यान दिनुपर्ने कुराहरु

11 January, 2017

बाबा एजुकेशन कन्सल्टेन्सी सिडनी, अष्ट्रेलिया र काठमाडौँ नेपालको प्रायोजनमा भइरहेको ‘नाईं मलाई थाहा छैन’ अन्तरराष्ट्रिय नृत्य प्रतियोगितामा अहिले देश विदेशमा छरिएर रहनु हुने नेपालीहरुले नाचेर भिडीयो पठाउने क्रम जारी छ । यसै सन्दर्भमा यस प्रतियोगिता सम्बन्धी तयार पारिएका केही प्रश्न र उत्तरहरु यस्ता छन जसलाई तपाई भाग लिन चाहनुहुने सबैले जान्न जरुरि छ |

nai-nai

यस प्रतियोगितामा भाग लिन फर्म भर्नु वा अडिसन दिनु पर्छ कि पर्दैन ?
बिल्कुलै पर्दैन । ‘नाईं मलाई थाहा छैन’ अन्तराष्ट्रीय नृत्य प्रतियोगिता एक खुला तथा निःशुल्क प्रतियोगिता हो जसमा भागलिन कुनै किसिमको औपचारीक फर्म भर्नु अथवा अडिसन दिइराख्नु पर्दैन । तपाइँ जहाँ हुनुहुन्छ त्यहिँ नाच्न सक्नुहुन्छ, घरको कोठामा, पार्कमा अथवा जुनै ठाउँ जहाँ तपाइँलाई नाच्न सहज हुन्छ ।

प्रतियोगितामा भिडियो कहिलेसम्म पठाइसक्नुु पर्छ ?
‘नाईं मलाई थाहा छैन’ अन्तराष्ट्रीय नृत्य प्रतियोगितामा नाचेको भिडीयो पठाउने समय १ जनवरी २०१७ देखि २८ फेब्रुअरी २०१७ सम्म हो । यो समयावधी भित्र प्राप्त भिडीयोहरु मात्र प्रतियोगिताको लागि छानिने छन् ।

यस प्रतियोगितामा भाग लिन जुनै गीतमा नाचे पनि हुन्छ की ?
हुँदैन, यस प्रतियोगितामा भाग लिन गायक संजिव पराजुली र गायिका टिका प्रसाईंको आवाजमा रहेको गीत ‘नाईं मलाई थाहा छैन’मा नै नाच्नु पर्ने हुन्छ । अन्य कुनै गीतमा नाचेको भिडीयो प्रतियोगीतामा समावेश हुनेछैन ।

‘नाईं मलाई थाहा छैन’ गीत कहाँ पाइन्छ ?
‘नाईं मलाई थाहा छैन’ बोलको गीत गायक संजीब पराजुलीको यू–ट्यूब च्यानलमा अपलोड गरिएको छ । जसलाई यू–ट्यूबमा गइ Nai Malai Thaha Chhaina ~ Chasing Love लेखेर खोज्न सकिन्छ अथवा यो लिंकबाट https://www.mediafire.com/folder/ag1d2bq71z77r/Nai_Malai पनि अडियो डाउनलोड गर्न सकिन्छ ।

प्रतियोगितामा भाग लिन कति जनाले नाच्नु पर्छ, एक्लै नाच्दा हुन्छ की ?
यस प्रतियोगितामा भाग लिन दुई वा दुई भन्दा बढिको समुहमा नाच्नु पर्नेछ । एकजनाले मात्र नाचेको भिडियो प्रतियोगीतामा समावेश हुने छैन । अर्कोकुरा, दुइजना मात्र हुनुहुन्छ भने केटा–केटी नै हुनुपर्छ भन्ने छैन । केटा–केटी, केटा–केटा अथवा केटी–केटी भएर पनि नाच्न सक्नु हुनेछ ।

यस नृत्य प्रतियोगितामा भाग लिन कुनै स्पेशल ड्रेस आवश्यक छ की ?
छैन, यस प्रतियोगितामा भाग लिन कुनै स्पेशल ड्रेस लगाउनै पर्छ भन्ने छैन । गीतलाई सुहाउँदो लुगा छन् भने लगाउन सक्नुहुन्छ तर आफुसँग जुन लुगा छन त्यसमा नाच्दा फरक पर्दैन । प्रतियोगीतामा मुख्य कुरा नृत्य हो, लुगा हैन ।

मोबाइलबाट खिचेको भिडीयो प्रतियोगितामा समावेश हुन्छ कि हुँदैन ?
भिडीयो खिच्न अत्याधुनीक क्यामेरा र भिडीयोग्राफर नै चाहिन्छ भन्ने छैन । भिडीयो साधारण मोबाइलबाट खिच्दा पनि हुन्छ ।

नाचेको भिडियो कति लामो हुनु पर्नेछ ?
प्रतियोगितामा समावेश हुन पुरै गीतमा नाचे पनि हुन्छ तर नाचेको भिडीयो कम्तिमा दुई मिनेट बिस सकेण्डको चाहीँ हुनै पर्नेछ ।

भिडीयो खिच्दा अन्य ध्यान दिनु पर्ने कुराहरु केही छन् की ?
हाम्रो चाहना प्रतियोगितामा भाग लिन चाहने प्रतियोगीहरुलाई सजिलो होस् भन्ने हो । मोबाइल वा साधारण क्यामेराले जहाँ सजिलो हुन्छ त्यहाँ नाचेको भिडीयो खिच्न सक्नु हुनेछ । भिडियो खिच्दा, तपाईँले नाचेको पुरै भाग (शरिर) क्यामेरामा कैद होस्, त्यो ध्यान राख्नुहोला । हामीलाई प्राप्त केही भिडियोमा नाच्ने मान्छेको पुरै भाग (शरिर) देखिएको छैन र कुनै कुनै सामुहीक नृत्यको भिडीयोमा नाच्दा नाच्दै कोही–कोही भिडीयो बाहिर हुन पुग्नु भएको देखिन्छ । त्यसैले भिडीयो खिच्दा उपयुक्त दुरीमा रहेर सबै नृत्यगर्नेहरु भिडीयोमा देखिनुहोला ।

खिचेको भिडीयोलाई कसरी पठाउने ?
प्रतियोगिताको लागि खिचेको भिडीयो गायक संजिब पराजुली अथवा गायिका टीका प्रसाईंको फेसबुक पेज [Facebook.com/SanjibParajuli अथवा Facebook.com/Tika.Prasain.Music] को मैसेजमा गई पठाउन सक्नुहुनेछ अथवा NaiMalaiCompetition@gmail.com मा इमेल गर्न सक्नुहुनेछ ।

भिडियो पठाउँदा नृत्य गर्ने व्यक्तिहरुको पुरा नाम, ठेगाना र सम्पर्क फोन नं. पनि सँगै मैसेज गर्नुहोस् । खिचेको भिडीयो पठाउन कुनै समस्या भए हाम्रा प्रतिनिधीहरुलाई [काठमाडौंः संदिप भट्टराई, मोबाइल नं. 9851138068, पूर्वाञ्चलः नीरज बज्राचार्य मोबाइल नं. 9849347801 सम्पर्क गरि मद्दत माग्न सक्नु हुनेछ ।

भिडियो पठाइसकेपछि के हुन्छ ?
हामीलाई प्राप्त भिडियो प्रतियोगिताको मापदण्ड अनुसार भए – नभएको हेर्नेछौँ र भिडियो पठाउनुहुने व्यक्तिलाई खबर गर्नेछौँ । प्राप्त भिडियो मापदण्ड अनुसारको भए भिडियोलाई गायक संजिव पराजुलीको यू–ट्यूब च्यानल र फेसबुक पेजबाट सार्वजनिक गर्नेछौँ । यसरी सार्वजनिक भएको पोष्टलाई तपाइँहरुले बढि भन्दा बढि शेयर गर्नुहोला । तपाइँको भिडीयोमा आएका लाईक, कमेन्ट र शेयरले ले पनि उत्कृष्ट भिडियोको छनोटमा केही भुमिका खेल्ने छ ।

आफुले नाचेको भिडियो हामीले आफ्नै फेसबुक, यू–ट्यूब च्यानल वा अन्य सोसियल मिडीयामा राख्न पाइन्छ कि पाइन्न ?
पाइँदैन । हामीलाई प्राप्त भिडियो हामीले गायक पराजुलीको फेसबुक पेज र यू–ट्यूब च्यानलबाट तपाइँको भिडीयो सार्वजनिक गर्नेछौँ । तपाइँले आफ्नै वा अन्य कसैको फेसबुक वा यू–ट्यूब च्यालनबाट सार्वजनिक गरिएको भिडीयो प्रतियोगितामा समावेश हुने छैन ।

उत्कृष्ट नृत्यको छनौट कसरी हुन्छ ?
प्रतियोगिताको मापदण्ड अनुसार प्राप्त भएका भिडियोहरुलाई नेपालका ख्यातिप्राप्त नृत्यगुरुहरु, कोरियोग्राफरहरु र डान्सरहरुको जजमेन्टका आधारमा उत्कृष्ट नृत्यको छनौट हुनेछ । छनौट प्रक्रिया प्रतियोगिता सकिए पछि अर्थात २८ फेब्रुअरी २०१७ पछि शुरु हुनेछ र यसको लागि दुई देखि तीन हफ्ताको समय लाग्ने छ ।

रु. एक लाख पुरस्कार कस्ले र कसरी पाउने छ ?
प्रतियोगितामा समावेश नृत्यको भिडीयोहरु मध्ये हाम्रा जजहरुले मुल्याङ्कन गरी सर्वोउत्कृष्ट ठह्र्याउनु भएको कुनै एक भिडीयो गायक संजिब पराजुली र गायिका टीका प्रसाइँको फेसबुक पेजबाट सार्वजनिक गरिने छ र रु. एक लाख नगद पुरस्कारबाट पुरस्कृत गरिने छ ।

Loading...
ads ads adsadsads ads ads
ads
ads

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

logo
ads