नायिका रेखा थापाको कार ट्रकसँग ठोक्कियो

11 October, 2017 17:40 | कला/मनोरन्जन | comments | 31350 Views

 

आफ्नो चलचित्र ‘रुद्रप्रिया’ को प्रचारमा व्स्त रहेी नायिका रेखा थापाको कार काठमाडौंको चाबहिलमा माल बाहक ट्रकसँग ठोक्किँदा सामान्य दुर्घटनामा परेको छ ।

बुधबार दिउँसो करिब सवा १२ बजे चावाहिलमा ना २ ख ८६२४ नम्बरको माल बाहक ट्रकले धक्का दिंदा बा १४ च ४७२ नम्बरको कारको दायाँ भागमा क्षति पुगेको छ ।

चलचित्रका प्रचारका क्रममा टिभी फिल्मीलाई अन्तर्वार्ता दिएर फर्कने क्रममा रेखाको कारलाई ट्रकले ठक्कर दिएको थियो । कारमा सामान्य क्षति पुगेपनि रेखालाई भने चोट लागेको छैन ।

यतिखेर दुर्घटनामा परेका कार र ट्रक दुबैलाई प्रहरीले नियन्त्रणमा लिई गौशाला प्रहरी बृत परिसरमा राखेको छ ।रेखा र आर्यन स्टारर चलचित्र ‘रुद्रप्रिया’ कात्तिक २ बाट प्रर्दशनमा आउँदैछ्।

महिलातर्फ नायिका रेखा थापादेखि गायिका मीरा राणासम्म विजयी

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More