‘नारायणगोपाल स्मृति सम्मान’ द्वारा गायक सिके रसाइली सम्मानित (फोटोहरु सहित)

5 December, 2017 19:57 | कला/मनोरन्जन | comments | 171150 Views

यस बर्षको ‘नारायणगोपाल स्मृति सम्मान’ द्वारा वरिष्ठ संगीतकार एवं गायक सिके रसाइली सम्मानित भएका छन् ।

नारायणगोपाल संगीत कोषले   स्वर सम्राट नारयणगोपालको  २७ औँ स्मृति दिवसका अवसरमा मंगलबार (आज )सम्मानपत्र तथा २५ हजार नगदसहित रसाइलीलाई सम्मान गरेको हो ।

adsads

‘स्वर सम्राट नारयणगोपाल २७ औँ स्मृति दिवस’ कार्यक्रमकाबीच कोषले गीतकार रत्नशम्शेर थापा, नगेन्द्र थापा, कालीप्रसाद रिजाल, किरण खरेल, माधवप्रसाद घिमिरे, भैरवनाथ रिमाल कदम, कञ्चन पुडासैनी, दुर्गालाल श्रेष्ठ, चेतन कार्की, मनबहादुर मुखिया र यादव खरेललाई वरिष्ठ गीतकारका रुपमा सम्मानित गरेको छ ।

संगीत कोषकै प्रागंण महाराजगञ्जमा आयोजित कार्यक्रमका प्रमुख अतिथि तथा काठमाण्डौ महानगरपालिकाका मेयर विद्या सुन्दर शायक्ले वरिष्ठ गीतकारका रुपमा सम्मानित व्यक्तित्वहरुलाई कदर पत्र सहित नगद २५ हजार हस्तान्तरण गरे ।कार्यक्रममा गीतकार चेतन कार्कीले गीतकारहरुलाईे सम्मान गरेकोमा  संगीत कोषको प्रशंसा गरे ।

 

त्यस्तै कार्यक्रमका  प्रमुख अतिथि शाक्यले स्वर सम्राट नारायाणगोपालको सपना स्वरुप निर्माण हुने संगीत भवनको लागि आफूले सहयोग गरिरहेको तथा अझै सहयोग गर्ने धारणा राखे । साथै उनले हराउन लागेको संस्कृतिलाई जोगाउँदै जानुपर्ने कुरामा जोड दिए ।

दुई चरणमा विभाजित उक्त कार्यक्रमको दोस्रो चरणमा विभिन्न गायक गायिकाले नाराणगोपालद्वारा स्वरबद्ध तथा संगीतबद्ध गीत प्रस्तुत गरेका थिए । सो कार्यक्रममा संगीत प्रेमी तथा सञ्चार माध्यमको उलेख्य सहभागिता रहेको थियो ।

 

सन्दर्भ नारायणगोपाल स्मृति दिवस : अझै अधुरो छ उनको सपना (भिडियोसहित)

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More