नारायणीमा पनि पानीको बहाव खतरा नजिक

13 August, 2017 20:00 | जन सरोकार | comments | 3600 Views

नारायणी

पानीको बहाव बढ्दै जाँदा नवलपरासीस्थित नारायणीमा पानीको बहाव खतराको संकेत नजिक पुगेको छ ।

नदीमा पानीको बहाव ७ दशमलव तीन मिटर भएमा खतराको संकेत मानिन्छ । पछिल्लो समय करिब ६ दशमलव १५ मिटर पानी नारायणी नदीमा रहेको नवलपरासीका प्रजिअ उदयबहादुर राना मगरले जानकारी दिनुभयो । बाढी आउनेक्रम बढ्दो भयो भने थप खतरा हुनसक्ने अनुमान गरिएको छ ।

नदीमा पानीको बहाव ८ दशमलव ४ मि पुगेमा उच्च जोखिम मानिन्छ । पहाडी क्षेत्रमा लगातार वर्षा हँुदा नारायणीमा पानीको बहाव खतराको संकेत नजिक पुगेको हो । जिल्लामा हुन सक्ने अप्रिय घटनालाई ध्यानमा राखी राहत र उद्धारलाई तयारी अवस्थामा राखिएको प्रजिअ रानाले जानकारी दिनुभयो ।

कोशीका सबै ढोका खोल्न नेपालद्धारा भारतलाई आग्रह

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More