नारायण गजमेरको नयाँ एल्बम “निश्चल” सार्वजनिक

23 March, 2017 17:03 | प्रबास | comments | 9150 Views

नेपाली संगीतमा धेरै पहिलादेखिको कडा मेहेनत र लगन पछि गायक नारायण गजमेरले “निश्चल” नामक एल्बम बजारमा ल्याएका छन् । तरन ईन्टरटेन्ट द्वारा संयुक्त राज्य अमेरिकाको शिकागो शहरमा आयोजना गरिएको एक भव्य कार्याक्रममा ख्यातिप्राप्त गायक निमा रूम्बाको हातबाट यो एल्वम बिमोचन भएको थियो ।

nischal

कार्यक्रममा ख्याति प्राप्त गायक निमा रूम्बा र बेन्ड द्वारा नेपाली गीत संगीत प्रस्तुत गरिएको थियो । भौतिक रूपमा बिदेशी भूमिमा रहेता पनि तन मन नेपालमै रहेको नारायण गजमेर बताउँछन् । उनी यतिखेर नेपाली कला संस्कृतिलाई जोगाई राख्न लागिपरेका छन ।

अर्काको देशमा गएर दुःख गरेर समेत नेपाली गीत संगीतमा समय खर्चिने धेरै व्यक्तिहरुको सुचीमा रहेको छन उनी । त्यहि सूचीभित्र पर्न सफल एक नाम बनेका छन् गजमेर । बहुमुखी प्रतिभाको धनी उनी निरन्तर रुपले नेपाली गीत संगीतमा अग्रसर रुपमा लागेका छन् । धेरै उत्कृष्ट गीत संगीतहरु नेपाली दर्शक श्रोताहरुलाई प्रस्तुत गरेर सबैको मनमा आफ्नो छुट्टै पहिचान बनाईसेका उनले आफ्नो प्रस्तुतिलाई अझै बढी निखार्दै गईरहेका छन् ।

त्यसको फलस्वरूप उनले बिभिन्न गीतकारहरूको शब्दलाई बरिष्ठ संगितकारहरूको धुनमा गायक गजमेरको स्वरमा सात वटा गीत समाबेश गरिएको छ । गीतहरु मार्मिक अनि सान्दर्भिक र मनोरंजनात्मक रहेका छन् । नेपाली गीत संगीतमा निरन्तर रुपमा लागि परेका गायकले सोही एल्बम भित्र रहेको हेप्पी भेलेन्टाईन नामक गीतको म्यूजिक भिडियो भर्खरै युटुबमा रिलिज गरेका छन् ।

मेहेनत र लगनको हिसाबले दर्शक श्रोताहरुले पनि उनलाई धेरै माया र साथ दिइरहेका छन् । त्यहि माया र साथले नै आफुलाई उर्जा मिल्ने र अझै राम्रो प्रस्तुति बाहिर लिएर आउन सक्ने कुरा गायकले प्रष्ट पारेका छन्

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More