Sunday 26, March 2017
नेपाली समय: 12:54:53
जापानी समय: 04:09:53

नारी दिवसमा टेलिकमको सहुलियत

8 March, 2017

ntcनेपाल टेलिकमले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आफ्ना उपभोक्तालाई विभिन्न किसिमको सेवामा सहुलियत प्रदान गर्ने भएको छ ।

नेपाल टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले प्रेस विज्ञप्ति जारी गरी कम्पनीको प्रमोसनल अफर अन्तर्गत उपलब्ध गराइएको यो सहुलियत अफर बुधबार (फागुन २५) देखि गतेदेखि तीन महिनासम्म कायम रहने उल्लेख छ ।

अफरअन्तर्गत फेसबुक प्याकेज, डे एण्ड नाइट डाटा प्याकेज र नाइट डाटा प्याकेज रहेका छन् । फेसबुक प्याकेजअन्तर्गत २२ रूपैयाँ ६० पैसामा पाँच दिनसम्म २४ घन्टा उपभोग गर्न पाउने गरी १०० एमबी डाटा उपलब्ध गराइएको छ ।

डे एण्ड नाइट डाटा प्याकेजअन्तर्गत १०० रूपैयाँमा राति १० बजेदेखि बिहान ६ बजेसम्म ५०० एमबी र बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म १०० एमबी डाटा सात दिनसम्म उपभोग गर्न पाइने बताइएको छ ।

नाइट डाटा प्याकेजअन्तर्गत ४५ रूपैयाँमा राति १० बजेदेखि बिहान ६ बजेसम्म ५०० एमबी सात दिनसम्म र ९० रूपैयाँमा राति १० बजेदेखि बिहान ६ बजेसम्म १२०० एमबी डाटा १५ दिनसम्म उपभोग गर्न पाइने विज्ञप्तिमा उल्लेख छ ।

अत्यधिक नाफा असुल्छ नेपाल टेलिकम

Loading...
ads ads adsadsads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo