Friday 26, May 2017
नेपाली समय: 01:42:16
जापानी समय: 04:57:16

नावालिका माथि जबर जस्ती अप्राकृतिक मैथुन गर्ने पक्राउ

19 May, 2017

रोल्पा नगरपालिका-२ रेउघा गाउँबाट छुट्टाछुट्टै दुई वटा घटनामा जवरजस्ती करणीको अभियोगमा प्रहरीले रोल्पाका दुई नाबालकलाई पक्राउ गरेको छ । आठ वर्षकी बालिका र ३ वर्षको बालकलाई जवरजस्ती करणी गरेको आरोपमा १५/१५ वर्षका दुई बालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार १५ वर्षका बालकले एक वर्षअघिदेखि गाउँकै ८ वर्षकी बालिकालाई जबरजस्ती करणी गर्दै आएको अभियोग लागेको छ । महिला समूहका सदस्यले घटनाबारे जानकारी पाएपछि शुक्रबार प्रहरीलाई सूचना दिएर दुर्व्यवहारबारे सार्वजनिक गरिएको हो । प्रहरी निरीक्षक गजेन्द्र चौधरीले जरजस्ती करणी अन्तर्गत मुद्दा चलाउने तयारी रहेको बताए । उक्त घटनामा संलग्न भएका अन्य चार जना छन् ।

यस्तै रेउघाकै ३ वर्षका एक बालकमाथि जवरजस्ती करणी (अप्राकृतिक मैथुन) गरेको अभियोगमा गाउँकै अर्का १५ वर्षका बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनका काका नाता पर्ने १५ वर्षका ती बालकले बाआमा नभएको बेलामा बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोग लागेको हो ।

प्रहरी निरीक्षक चौधरीले ती बालकलाई पनि नियन्त्रणमा लिइएको र जवरजस्ती करणी (अप्राकृतिक मैथुन) को अभियोगमा मुद्दा चलाउने तयारी भएको बताए ।

 

 

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo