नासाको कर्मचारी आवश्यकतामा ९ वर्षका बालकको आवेदन

8 August, 2017 16:15 | बिचित्र | comments | 42900 Views

नासाले ग्रह सुरक्षा अधिकारी पदका लागि माग गरेपछि एक नौ वर्षका बालकले आवेदन दिएका छन् । उक्त पदका लागि अनुभवी कर्मचारीको आवश्यकता भएको कुरा सार्वजनिक गरेपछि नासामा यस्तो निवेदन परेको थियो ।

नासाले अपेक्षा पनि नगरेको यो निवेदन लेख्ने ४ कक्षामा पढ्ने ज्याक डेभिस हुन् जसले उक्त पदका लागि आवेदन दिने इच्छा राखेका थिए ।

डेभिसले आफुलाई गार्डियन अफ द ग्यालेक्सी भनेर वर्णन गरेका छन् । उनले भने, मैले अन्तरिक्ष सम्बन्धि सबै चलचित्र हेरिसकेको छु त्यसैले म यो पदको लागि आवेदन दिन इच्छुक भएको छु ।

उनको आवेदन हेरेर नासाका ग्रह विज्ञान डाइरेक्टर जिम ग्रीमले ठुलो भएर धेरै पढेपछि आवेदन दिन सुझाव दिदै जवाफ पठाएका थिए ।

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More