निजगढ विमानस्थल निजगढ विमानस्थल

  • निजगढ विमानस्थल
  • निजगढ विमानस्थल
  • निजगढ विमानस्थल
  • निजगढ विमानस्थल
  • निजगढ विमानस्थल
  • निजगढ विमानस्थल

निजगढ विमानस्थलको बाटो खुल्यो (भिडियो सहित)

24 May, 2018 22:48 | अर्थ | comments | 47700 Views

निजगढ विमानस्थल

लामो समयदेखि चर्चामा रहेको तर निर्माण कार्यअघि नबढेको राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बहुप्रतिक्षित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया अघि बढेको छ ।

निजगढ विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) स्वीकृत भएसंगै विमानस्थल निर्माणको कार्यको बाटो खुलेको छ ।

adsads
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने ईआईए वन तथा वातावरण मन्त्रालयले स्वीकृत गरेको जानकारी दिए ।

यद्यपि ईआईए स्वीकृत भएपनि विमानस्थलको मोडालिटी भने तयार भएको छैन । तर विमानस्थल बनाउने बाटो भने ईआईए स्वीकृत भएसंगै खुलेको छ । सरकारले निजगढ विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) कोरियन कम्पनी ल्याण्डमार्क वर्ल्डवाइडसंग किनिसके छ । विमानस्थलले ८ हजार हेक्टर जमिन ओगट्ने छ ।

अब विमानस्थल निर्माणका लागि मोडालिटी टुंगो लाग्न बाँकी छ । तर, ईआईए स्वीकृत भएपछि प्रारम्भिक निर्माणको काम अघि बढाउने बाटो खुलेको छ ।विमानस्थल निर्माणका लागि झण्डै २४ लाख रुख कटान गर्नुपर्नेछ । प्रारम्भिक चरणमा विमानस्थल निर्माणको लागि ५ लाख रुख काटिनेछ र त्यस क्षेत्रको सुरक्षाको जिम्मा भने नेपाली सेनालाई दिइएको छ ।

साथै विमानस्थल क्षेत्र भित्र रहेका १५०० घर धुरी पनि सार्नु पर्नेछ ।

भिडियो –

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
निजगढ विमानस्थल

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More