निर्णायक खेलमा मेसीले ह्याट्रिक गर्दै अर्जेन्टिनालाई विश्वकपमा पुर्याए

11 October, 2017 10:45 | खेल | comments | 19050 Views

अन्तत निर्णायक खेलमा लियोनेल मेसीले ह्याट्रिक गरेपछि अर्जेन्टिनाले विश्वकप छनोटको आफ्नो संघर्षपुण यात्राको सुखद अन्त गरेको छ ।

बुधबार विहान इक्वेडरको घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाले ३-१ ले खेल आफ्नो पक्षमा पार्यो भने अन्य टिमले पनि अर्जेन्टिना सापेक्षीत नतिजा निकालेपछि अर्जेन्टिनाको रुस विश्वकपमा टिकट काटन सक्षम भयो ।

मेसीको यो करीअरको ४४ औं ह्याट्रिक हो । उनले बार्सिलोनाबाट ३९ ह्याट्रिक गरेका छन् भने अर्जेन्टिनाबाट ५ ह्याट्रिक पुरा गरे । बुधबार इक्वेडरलाई उसकै मैदानमा अर्जेन्टिनाले २००१ पछि पराजित गर्दै आफ्नो खराव इतिहासको पनि अन्त गर्यो ।

विश्वकप छनोटका लागि जित्नै पर्ने दबाबमा रहेको साविक उपविजेता अर्जेन्टिना र इक्वेडर विचको खेलमा खेल सुरु भएको ४० सेकेन्डमानै इक्वेडरले रोमारीयो इबाराको गोल मार्फत खेलमा अग्रता लिएको थियो । तर मेसीले १२ औं मिनेटमा खेल बराबरीमा ल्याए भने २० औं मिनेटमा टिमलाई अग्रता दिलाए । मेसीले ह्याट्रिक ६२ औं मिनेटमा पुरा गरेपछि अर्जेन्टिना सहज जित निकाल्न सफल भयो ।

बुधबारको नतिजा संगै दक्षिण अमेरीकन छनोट पुरा भएको छ । ब्राजिल ४१ अंकका साथ शिर्ष स्थानमा रहंदै छनोट हुंदा उरुग्वे ३१ अंकका साथ दोस्रो स्थानमा रहेर विश्वकपमा स्थान सुरक्षीत गर्यो अर्जेन्टिनाले २८ अंकका साथमा तेस्रो स्थानमा रहेर विश्वकपमा स्थान बनाउंदा कोलम्बीया २७ अंकका साथमा चौंथो स्थानमा रहेर छनोट भयो ।

पेरुले कोलम्बीयासँग बराबरी खेलेपछि प्लेअफमा स्थान बनायो । यद्धपि दक्षिण अमेरीकन च्याम्पियन चिली भने प्रतियोगिताबाट बाहिरियो । बुधबार भएको खेलमा पेरु र कोलम्बीयाले १-१ गोलको बराबरी खेले भने ब्राजिलले चिलीलाई ३-० ले पराजित गर्यो । भने उरुग्वेले बोलिभियालाई ४-२ ले पराजित गर्यो

२४ वर्षपछि इजिप्ट छनोट हुँदा घाना बाहिरियो : पोल्यान्ड पनि विश्वकपमा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More