निर्वाचनले देशको भाग्य र भविष्य निर्धारण गर्छ : नेता अधिकारी

18 October, 2017 18:05 | राजनीति | comments | 9150 Views

निर्वाचनले देशको भाग्य र भविष्य निर्धारण गर्छ : नेता अधिकारी

नेकपा एमालेका नेता रवीन्द्र अधिकारीले आउँदो प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनले देशको भाग्य र भविष्य निर्धारण गर्ने र सम्बृद नेपाल निर्माणको महाअभियान एमालेले मात्रै पूरा गर्न सक्षम भएको बताए।

नेकपा एमाले प्रदेश सभा कास्की २ (क)को निर्वाचन कार्यालयको आज(बुधबार) शुभारम्भ गर्दै उनले निर्वाचन तोकिएकै मितिमा हुनुपर्नेमा समेत जोड दिए । त्यस्तै उनले प्रधानमन्त्री शेरबहादुर देउवा र उनको दल नेपाली कांग्रेस बाम तालमेलबाट अत्तालिएर अनेकन बाहानाबाजी बनाउदै निर्वाचन सार्ने षड्यन्त्रमा लागेको बताए।

यदि देउवाले निर्वाचन सारेमा स्वयम् देउवा आफैं सर्ने र कुर्चिबाट हट्ने बताए। नेता अधिकारिले एमाले र माओवादी केन्द्रबीचको तालमेल र एकता नयाँ नेपालको आवश्यकता भएको बताउदै आउने निर्वाचनमा आफूहरुको बाम पन्थी गठबन्धनले दुई तिहाइ मतका साथ मुलुक हाक्ने र आम जनतालाई सु:ख र समृद्धि दिने बताए।

नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, पोखरा–लेखनाथ महानगरपालिका प्रमुख मञ्जुदेवी गुरुङ, उपसचिव प्रभा कोइरालाले पनि मन्तव्य व्यक्त गरे ।

सांसद अधिकारी द्वारा विकास कोषका काम सार्बजनिक

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More