निर्वाचन आचारसंहितामा कडाइ

21 November, 2017 11:51 | प्रदेश/प्रतिनिधिसभा निर्वाचन | comments | 17250 Views

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचारसंहितामा कडाइका गर्न थालेको छ ।

मंसिर २१ मा हुने निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरूले चुनाव प्रचारप्रसारलाई तिव्रता दिने क्रममा निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसार सामग्री सार्वजनिक स्थानमा झुण्ड्याएको जनगुनासो बढेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनका कर्मचारीले पूर्व–पश्चिम राजमार्गका विभिन्न बिजुलीका पोल, प्रतीक्षालय, मुख्य बजारका चोकमा टाँगिएका होर्डिङ बोर्ड, तुल ब्यानर तथा पोस्टर हटाउनुका साथै दलका उम्मेदवारलाई त्यस्ता सामग्री आफै हटाउन सचेत पनि गराएको थियो ।

सोमबार जिल्लाको चारनम्बर, गजेहडा, ओदारी, पतरियालगायतका स्थानमा प्रचार सामग्री हटाएको निर्वाचन अनुगमन अधिकृत लेखनाथ अर्यालले बताउनुभयो ।तीन प्रतिनिधिसभा सदस्य र छ प्रदेशसभा सदस्यको निर्वाचन हुने यस जिल्लामा तीन लाख ११ हजार ७६० मतदाता छन् । नौ पदका लागि जिल्लामा २४ दल र स्वतन्त्र गरी १८१ उम्मेदवार चुनावी मैदानमा छन् ।

माओवादी अध्यक्षसहित उम्मेदवारबाट आचारसंहिता पालना गर्ने प्रतिबद्धता

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

फेसबुक

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

ट्वीटर

सामाजिक सञ्जाल

More