“निर्वाचन आयोगको काममा अवरोध भए निर्वाचन हुन सक्दैन” (भिडियो अन्तर्वार्ता)

3 April, 2017 17:59 | अन्तरवार्ता | comments | 11250 Views

surya-prasad-sharma

आगामी ३१ वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले सम्पूर्ण तयारी समयअनुसार नै सम्पन्न गर्दै लगेको छ । निर्वाचनका लागि आवश्यक प्राविधिक कामका लागि आयोगले तयारी तिब्र पारेको आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

नेपालजापान डटकम संगको कुराकानीमा आयोगका प्रवक्ता शर्माले आयोगले वैशाखको पहिलो साताबाट गाउँगाउँमा मतदाता शिक्षा सञ्चालन गर्नका लागि मुख्य प्रशिक्षण कार्यक्रम सञ्चालनमा ल्याउने जानकारी दिनुभयो ।

प्रवक्ता शर्माले पछिल्लो समय देखिएको विवादमाथि टिप्पणी गर्दै आयोग कुनै एक दलका लागि मात्र नभएको हुँदा कुनै पनि काम वा निर्णय संविधान एवं विधिसम्मत गर्ने गरेको बताउनुभो ।

शर्माले भन्नुभयो, ‘निर्वाचन आयोग संविधान र कानुन अनुसार काम गर्ने हो । अब कुनै दलका गुनासा छन् होला ती गुनासालाई राजनीतिक रुपमा नै समाधान गर्नु पर्छ ।’

तराईको समस्या समाधानका दलहरु नै अग्रसर भएर समाधान गर्दै सबैको सहभागिता सुनिश्चितता गर्न आग्रह गर्नुभएको प्रवक्ता शर्माले आयोगले निर्धारण गरेको आचारसंहिता कसैलाई बन्दक बनाउन नभई आफै जिम्मेवार हुनका लागि भएको पनि बताउनुभयो ।

कुराकानीका क्रममा उहाँले निर्वाचनका गतिविधिमा अवरोध भयो भने निर्वाचन हुन नसक्ने बताउँदै ‘निर्वाचन आयोगका गतिविधिमा कुनै पनि विरोध भएमा निर्वाच नै हुन सक्दैन त्यसैले यसलाई विरोध या अवरोध हुन नदिन सबै पक्षले सहयोग गर्नुपर्छ ।

हेरौं आयोग प्रवक्ता शर्मासंग हाम्रा प्रतिनिधि प्रकाश कँडेल र अर्जुन बरालले गरेको भिडियो अन्तरवार्ता-

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More