निलम्बित प्रमुख कार्यकारी निर्देशक ज्ञवाली अदालत जाने

12 January, 2017 00:51 | राजनीति | comments | 5 Views

susil-gyawali-3मन्त्रिपरिषद्ले बर्खास्त गरिएका राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सरकारले अन्यायपूर्ण तरिकाले आफूलाई हटाएको भन्दै कानुनी उपचार खोज्ने बताउनुभएको छ ।

बुधबार मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई बर्खास्त गरी सो पदमा डा. गोविन्द पोखरेललाई नियुक्त गरेपछि एक विज्ञप्ति जारी गरी ज्ञवालीले सो कुरा बताउनुभएको हो ।

विज्ञप्तिमा २०७२ साल पुस १० गते मन्त्रिपरिषद् बैठकबाट राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भई पुस १२ गतेदेखि अहोरात्र खटिई निजी आवास, शैक्षिक संस्था, पुरातात्विक सम्पदाहरु, स्वास्थ्य संस्था, सार्वजनिक संरचना, एवं जीविकोपार्जन लगायतका पुनर्निर्माण एवं पुनस्र्थापना सम्बन्धी कार्यहरु द्रुत गतिमा भइरहेको दावी समेत गर्नुभएको छ ।

सरकारले भने उहाँको काम सन्तोषजनक नभएको भन्दै दुईपटक स्पष्टिकरण सोधेर त्यसमा चित्त नबुझेको भन्दै बर्खास्त गरेको हो । तर, ज्ञवालीले भूकम्प गएको आठ महिना पश्चात् मात्र गठन भएको प्राधिकरणले विभिन्न जटिलता एवं प्रतिकूलताहरुका बाबजुद राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण सम्बन्धी कार्यलाई योजनाबद्ध रुपमा अघि बढाउँदै सन्तोषजनक र उत्साहपूर्ण उपलब्धीहरु हासिल गरिरहेको कुरालाई अन्तर्राष्ट्रिय समुदायले समेत प्रंशसा गरिरहेको दावी गर्नुभएको छ ।

ज्ञवालीको विज्ञप्तिमा पूर्व निर्धारित कार्यक्रम र योजना अनुसार भूकम्प पीडित भई अनुदान प्राप्त गर्ने छनौट सूचीमा परेका ६ लाख २६ हजार ३६ घरधनीहरु मध्ये पुस २७ गतेसम्म ५ लाख ४७ हजार २ सय २९ घरधनीसँग अनुदान सम्झौता भई ४ लाख ७३ हजार ५ सय ५५ घरधनीको बैंक खातामा पहिलो किस्ताको अनुदान रकम जम्मा भइसकेको, अध्यधिक संख्यामा घरहरुको पुनर्निर्माण सुरु भई ६२ हजार ६ सय ३६ निजी आवास पुनर्निर्माण भएको विवरण प्राधिकरणको सूचना प्रणालीमा प्राप्त भइसकेको, ७९ हजार ३ सय २२ वटा गुनासाहरु पुनरावलोकन भइसकेको र ठूलो मात्रामा क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणको नतिजाहरु एकपछि अर्कै गर्दै आइरहेको उल्लेख गर्नुभएको छ ।

यी सब कामका बावजुद सरकारले प्राधिकरण ऐन विपरीत पाँच वर्षे कार्यकाल भए पनि एक वर्षमै बर्खास्त गरेकाले उक्त अन्यायपूर्ण निर्णय उपर कानूनी उपचार खोज्नुपर्ने अवस्था सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ ।

पुनःनिर्माण प्राधिकरणबाट ज्ञवाली पदमुक्त, पोखरेल नयाँ कार्यकारी अधिकृत

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More