नीलकण्ठ उप्रेती भारतका लागि राजदूतमा सिफारिस

16 July, 2018 21:32 | राजनीति | comments | 20400 Views

सरकारले पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई भारतका लागि नेपाली राजदूतमा सिफारिश गरेको छ । निर्वाचन सम्पन्न भएयता भारतका लागि राजदूत खाली छ ।

adsads

तत्कालीन राजदूत दीपकुमार उपाध्यायले राजीनामा दिएर उम्मेदवार बन्न नेपाल फर्केपछि दिल्लीस्थित नेपाली दूतावास राजदूतविहीन छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उप्रेतीलाई भारतका लागि नेपाली राजदूत सिफारिस गरेको हो । यसै गरी सरकारले उदयराज पाण्डेलाई मलेसियाका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ ।

त्यसै गरी सरकारले राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि मा परराष्ट्र सचिव शंकर बैरागीलाई पठाउन चाहेको तर, उहाँले सचिवको कार्यकाल पूरा गर्ने बताउँदै जान नमानेको समाचार छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More