नुवाकोट गोल्डकपको उपाधि नेपाल पुलिसलाई नुवाकोट गोल्डकपको उपाधि नेपाल पुलिसलाई

  • नुवाकोट गोल्डकपको उपाधि नेपाल पुलिसलाई
  • नुवाकोट गोल्डकपको उपाधि नेपाल पुलिसलाई
  • नुवाकोट गोल्डकपको उपाधि नेपाल पुलिसलाई
  • नुवाकोट गोल्डकपको उपाधि नेपाल पुलिसलाई
  • नुवाकोट गोल्डकपको उपाधि नेपाल पुलिसलाई
  • नुवाकोट गोल्डकपको उपाधि नेपाल पुलिसलाई

नुवाकोट गोल्डकपको उपाधि नेपाल पुलिसलाई

10 June, 2018 17:39 | खेल | comments | 27600 Views

नुवाकोट गोल्डकपको उपाधि नेपाल पुलिसलाई

नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । बट्टारस्थित खेल मैदानमा शनिबार भएको फाइनल प्रतिस्पर्धामा थ्रीस्टार क्लबलाई १–० गोल अन्तरले हराउँदै पहिलो नुवाकोट गोल्डकपको उपाधि विभागीय टोली नेपाल पुलिसले जितेको हो ।

adsads

नेपाल पुलिसलाई विजयी गराउन खेलको दोस्रो हाफको ५३ औँ मिनेटमा रवि पासवानले गरेको गोल निर्णायक भएको हो । खेलको पहिलो हाफको ३३ मिनेटमा नेपाल पुलिसले पाएको पेनाल्टीलाई सुमन लामाले गोल गर्नबाट चुकेपनि दोस्रो हाफमा उत्कृष्ट प्रतिस्पर्धासहित लयमा फर्किएको हो ।

प्रतियोगिताको बिजेता नेपाल पुलिसले रु पाँच लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेता थ्रीस्टारले रु तीन लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उत्कृष्ट भएको टोलीलाई पुरस्कार प्रदान गर्दै युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले नुवाकोटमा व्यवस्थित खेल मैदानसहितको राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गरी खेल क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो ।

मन्त्री विश्वकर्माले केही सुस्त अवस्थामा रहेको नेपालको फुटबल क्षेत्रलाई आगामी वर्षदेखि निरन्तरता दिन पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । आयोजक जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष बुद्धि प्रधानले पहिलो नुवाकोट गोल्डकपको सफलताले हरेक वर्ष निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।

जिल्ला खेलकुद बिकास समिति र नुवाकोट जिल्ला फुटबल संघको संयुक्त आयोजनामा गत जेठ १७ गतेदेखि शुरु भएको प्रतियोगितामा राष्ट्रियस्तरका दशवटा क्लबले सहभागिता जनाएका थिए ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नुवाकोट गोल्डकपको उपाधि नेपाल पुलिसलाई

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

टोकियो ओलम्पिक्स र प्यारालम्पिक्सको मस्कटको नाम घोषणा

फेसबुक

टोकियो ओलम्पिक्स र प्यारालम्पिक्सको मस्कटको नाम घोषणा

ट्वीटर

सामाजिक सञ्जाल

More