नेकपाका दुबै अध्यक्षले बैठकको अध्यक्षता गर्ने, शीर्ष स्थानमा केपी ओली

22 July, 2018 18:20 | राजनीति | comments | 22050 Views

नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणपछि दुई पार्टीका अध्यक्ष नै अध्यक्ष रहेका छन् । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको हैसियत बराबर भए पनि पार्टीको शीर्ष स्थानमा भने केपी ओली रहने हुनुभएको छ ।

adsads

पार्टीले पारित गरेको विधान अनुसार यसअघि बैठकको अध्यक्षता दुई अध्यक्षले पालैपालो गर्नै भनिएकोमा अब एकसाथ गर्नेछन् । तर, सबैभन्दा शीर्ष वरियतामा केपी ओली रहने भएका छन् ।

स्थायी कमिटी र केन्द्रीय सचिवालयका सदस्यहरुबाट प्राप्त सुझावका आधारमा विधान र नियमावलीलाई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अध्ययनपछि प्रकाशनका लागि पठाइएको छ ।

यसअघि जसले वैठकको अध्यक्षता गर्‍यो उसको वरियता शीर्षस्थानमा रहने भनिएको थियो । तर, अब बैठकको अध्यक्षता दुवै अध्यक्षले गर्नेछन् भने पत्राचार तथा सर्कुलरमा दुबै अध्यक्षको हस्ताक्षर हुनेछ ।

नेकपाको विधान र नियमावली प्रकाशनमा गएपछि अब भदौ पहिलो साताभित्र कम्तिमा ७ प्रदेश र ७७ जिल्ला कमिटीको एकीकरण सम्पन्न हुने भएको छ । प्रदेश कमिटी र जिल्ला कमिटी भदौ ३ भित्र एकीकरण गरिने भएको छ ।

एकीकरणपछि प्रदेश कमिटीको अध्यक्ष र सचिव कार्यकारी हुनेछन् । प्रदेश कमिटीको अध्यक्ष र सचिव कार्यकारी हुनेछन् । प्रदेश कमिटीको अध्यक्ष सह(इञ्चार्ज रहनेछन् । प्रदेश कमिटीमा इन्चार्ज सहइन्चार्ज रहनेछन् । प्रदेश कमिटी अध्यक्ष केन्द्रीय कमिटीबाटै तय गर्ने तर प्रदेश अधिवेशनपछि भने निर्वाचन हुने व्यवस्था गरिएको छ ।

नेकपाका ४४१ केन्द्रीय सदस्य मध्ये डेढ सयलाई केन्द्रमा राखेर अरु सबैलाई जिल्ला, प्रदेश र स्थानीय तहमा खटाइने छ । यसो गर्दा केन्द्रीय सदस्य स्थानीय तहको इन्चार्ज पनि हुनेछन् ।

यसै गरी भातृ संगठनका अध्यक्षहरुको मर्यादाक्रम राष्ट्रिय परिषद् सदस्य सरह हुने र अन्य पदाधिकारीको मर्यादा प्रदेश सदस्य सरह हुनेछ । केन्द्रीय सदस्यहरु जिल्ला कमिटी सदस्य सरह हुने तथा केन्द्रीय विभागका सदस्यहरु प्रदेश कमिटी सदस्यको हैसियतमा रहेनछन् ।

अनुशासन आयोग, निर्वाचन अयोग र केन्द्रीय लेखा परीक्षक आयोगका अध्यक्ष स्थायी कमिटी सदस्य सरह हुनेछन् । ती आयोगका सचिव पोलिटब्यूरो सदस्य सरह हुनेछन् भने आयोगका सदस्यहरु केन्द्रीय सदस्य सरह हुनेछन् । आयोगहरु ३१ सदस्यीय हुनेछन् ।

२२१ सदस्यीय केन्द्रीय सल्लाहकार परिषद्को मर्यादाक्रम पनि अन्य आयोगको सरह हुनेछ । आवश्यकता अनुसार जेष्ठ कम्युनिस्ट मञ्च गठन गर्ने व्यवस्था विधानमा गरिएको छ ।

विधान र नियमावली पारित भएसँगै नेकपाको सांगठानिक संरचनाहरु यसअघि तत्कालीन एमालेले गरेको अभ्यास अनुसार खडा हुनेछन् । तत्कालीन माओवादीमा सांगठानिक संरचनाहरु संस्थागत नभएकाले एमालेको मोडलमा लगिएको हो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

किम जोङ हत्या

फेसबुक

किम जोङ हत्या

ट्वीटर

सामाजिक सञ्जाल

More